प्रहरी बरिष्ठ उपरीक्षक नवराज अधिकारीद्वारा निरीक्षण कार्यक्रम सम्पन्न
वि.सं.२०८२ जेठ २८ बुधवार १२:३८
4.25K
shares
shares

काठमाडौ । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक नवराज अधिकारीद्वारा “अनुगमन तथा ब्रिफिङ कार्यक्रम सम्पन्न” भएको छ।
प्रहरी बरिष्ठ उपरीक्षक नवराज अधिकारीले ट्राफिक प्रहरी परिसर चुनदेवी, भक्तपुर तथा मातहत कार्यालयहरुको निरीक्षण गर्नु भएको हाे।
निरीक्षणकाे क्रममा कार्यरत प्रहरी कमर्चारीहरुलाई अनुशासित र शिष्ट भई सेवा भावका साथ प्रभावकारी ट्राफिक व्यवस्थापन र दुर्घटना न्युनिकरणका लागि जिम्मेवार भई सडकमा खटिन निर्देशन समेत दिनुभएको थियाे।































