स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा “विद्यार्थी आवाज” त्रैमासिक पत्रिका विमाेचन

7.38K
shares

काठमाडौ । स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू)  बानेश्वर बहुमुखी क्याम्पसद्वारा “विद्यार्थी आवाज” त्रैमासिक पत्रिका विमाेचन कार्यक्रम सम्पन्न भएको छ।

  विमोचन कार्यक्रम वरिष्ठ पत्रकार हिमालय टाईम्स राष्ट्रिय दैनिक पत्रिका प्रधान सम्पादक पुरुषोत्तम दाहालको प्रमुख आतिथ्यतामा आज सम्पन्न भएको हाे।

कार्यक्रममा स्ववियू अध्यक्ष भुमिराज अधिकारीले अध्यक्षता ग्रहण गरेका थिए भने विशेष अतिथिकाे रुपमा क्याम्पस प्रमुख डा. घमानसिंह खड्काले गरेका थिए।

कार्यक्रममा अतिथिकाे रुपमा प्रध्यापक संघ बानेश्वर बहुमुखी क्याम्पस ईकाई समितिका अध्यक्ष सुधिर रिमाल,मानवसराेवर नेपाल पाक्षिक पत्रिकाका सम्पादक सन्दीप लुईटेल लगाएतकाे उपस्थिती थियाे । कार्यक्रममा समाचार लेख रचना लेख्ने विद्यार्थीहरुलाई सम्मान समेत गरिएको थियाे।

 क्याम्पसमा पत्रकारितामा अध्ययनरत विद्यार्थीहरूको समाचार लेखन, सिपवृत्ती, साथै क्याम्पसमा अध्यनरत सम्पूर्ण विद्यार्थीहरूको विभिन्न विधाको लेखहरू समेटेर पत्रिका प्रकाशित गरिएको स्ववियू अध्यक्ष भुमिराज अधिकारीले बताए। “विद्यार्थी आवाज” पत्रिका प्रत्येक तीन महिनामा प्रकाशन गरिने स्ववियू अध्यक्ष अधिकारीले बताए।

 विमोचन कार्यक्रममा स्ववियु पदाधिकारी,सदस्यहरु  प्रध्यापक कर्मचारी, विद्यार्थीहरु लगाएतकाे उपस्थिति रहेकाे थियाे।

(तस्बिरमा हेर्नुस् )