डार्क बिन्स क्याफेकाे  ब्रान्ड एम्बेसडरमा नारायण श्रेष्ठ नियुक्त

5.58K
shares

काठमाडौँ।   डार्क बिन्स क्याफे तथा बरिस्ता तालिम केन्द्रले नारायण श्रेष्ठलाई  ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। डार्क क्याफेले नेपालमै अन्तर्राष्ट्रिय स्तरको बरिस्ता तालिम तथा गुणस्तरीय कफीको सेवा दिदैँ आएको छ ।

नारायण श्रेष्ठ लामो समय देखी कुवेतमा म्याराथुन प्रशिक्षकको रूपमा काम गर्दै सामाजिक अभियानमा जोडिदै आएका छन् । उनी म्याराथुन  गोल्ड मेडलिस्ट  हुन् । श्रेष्ठले भने,‘ विदेशको सीप र दक्षतालाई स्वदेशमा बाँड्दै गरेका युवा व्यवसायीलाई हौसला बढाउन पाउँदा खुसी लागेको छ ।’

दशक भन्दा बढि स्टारबक्स कफीको ट्रेनरको रूपमा अनुभव लिएका दिपेन्द्र बिष्टले प्रवासमा सिकेको ज्ञान, सीप र पुँजीलाई स्वदेशमै प्रयोग गर्ने गरी नेपालका युवा पिँढीलाई दक्ष बरिस्ता बनाउने उद्देश्यका साथ २०८० असारमा डार्क बिन्स क्याफे र बरिस्ता तालिम केन्द्र सञ्चालनमा ल्याएका हुन्।

काठमाडौकाे बालाजु चोकमा अवस्थित उक्त डार्क बिन्स क्याफे र बरिस्ता तालिम केन्द्रमा अन्तराष्ट्रिय मापदण्डमा आधारित प्रशिक्षण पाठ्यक्रममा आधारित रहेर कफीको इतिहास, उत्पादन, प्रशोधन देखी ग्राहक सम्म पुग्दाका चरणहरू, कफी बनाउदा प्रयोग गर्ने उपकरणहरू, लाते आर्ट र विविध प्रकारका कफी बनाउन सिकाइने प्रशिक्षक बिष्ट बताउँछन् ।

उनी भन्छन्, ‘ कफीको ज्ञान मात्र नभएर तालिममा सञ्चार सीप, आत्मविश्वास बढाउने टिप्स, अन्तर्वार्ता तयारी, सम्भावित प्रश्नहरू तथा व्यावहारिक कुराहरूमा सुधार गर्न पनि मद्दत गर्ने गरेका छाैं । तालिम लिने जो कोही पनि अन्तराष्ट्रिय बजारमा सजिलै प्रतिस्पर्धा गर्न सक्ने छन् ।’

करिव २ वर्षमा सयौँ युवालाई अन्तराष्ट्रिय स्तरको बरिस्ता तालिम दिई स्वदेश तथा विदेशमा काम गर्न सक्षम बनाएको डार्क बिन्स क्याफे र बरिस्ता तालिम केन्द्र बालाजु चोक, काठमाडौँमा रहेको छ । बरिस्ता तालिम वा कफिको स्वाद लिन चाहाना हुनेहरुले भने सम्पर्क नंम्बर ९७६१६५२६७७ वा ९७०८०९६२५५ मा सम्पर्क गर्न आह्वान समेत गरेका छन्।

कफीको दानाका फाइदाहरू

एन्टिअक्सिडेन्ट,मधुमेहको जोखिम,तौल घटाउदछ,अधिक ऊर्जा,क्यान्सरबाट बचाउँछ भने,अल्जाइमर र पार्किन्सनसँग लड्छ,कलेजोको स्वास्थ्य सुधार गर्दछ। साथै मुटुको स्वास्थ्यलाई बढवा दिन्छ,मुड बढाउँछ,टाउको दुखाइबाट बचाउन मद्दत गर्छ,मृत्युदरको जोखिम कम गर्दछ।

कफी डिमेन्सियाको प्रगतिलाई ढिलो गर्छ,कफी र टाइप २ मधुमेह,कफीले डिमेन्सियाबाट बचाउन सक्छ,सम्भवतः डिप्रेसनको जोखिम कम गर्छ,कफी र कलेजोको रोग,कफीले डिप्रेसनलाई कम गर्छ,स्ट्रोकको जोखिम घटाउँछ,मस्तिष्कको,कार्य बढाउँछ,समग्र ,कफी अनुभव बढाउँछ,लामाे आयु सूजन कम गर्छ,मनलाई सक्रिय बनाउँदछ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083