प्रजातन्त्र स्थापनामा मधेशको भूमिका अपरिहार्य: गगन थापा

2.74K
shares

सर्लाही । नेपाली कांग्रेसका सभापति तथा सर्लाही–४ का प्रतिनिधिसभा उम्मेदवार गगन थापाले मुलुकमा प्रजातन्त्र स्थापना र सुदृढीकरणमा मधेशको भूमिका अपरिहार्य रहेको बताएका छन्।

चुनावी भेटघाट कार्यक्रममा बोल्दै उनले मधेशले नेपालको प्रजातान्त्रिक आन्दोलनमा दिएको योगदान कहिल्यै बिर्सन नसकिने उल्लेख गरे। मधेशलाई आत्मसात् नगरेसम्म नेपाली पहिचान अधूरो रहने उनको भनाइ थियो।

थापाले मधेशको शिक्षा प्रणालीमाथि चिन्ता व्यक्त गर्दै गणित, विज्ञान र अंग्रेजी विषयमा सुधार आवश्यक रहेको बताए। आगामी १२–१५ वर्षमा सूचना प्रविधि मुलुकको मुख्य आम्दानीको स्रोत बन्ने भएकाले बाल्यकालदेखि नै गणित र विज्ञानमा बलियो आधार चाहिने उनले जोड दिए।

सर्लाही–४ बाट प्रतिनिधिसभा उम्मेदवार रहेका थापाले जनताको समस्या समाधानका लागि काठमाडौंमा क्षेत्रीय कार्यालय स्थापना गर्ने घोषणा पनि गरे।


divya collage
unigloble collage