विमानस्थल सञ्चालन र फोहोर व्यवस्थापन मुख्य प्राथमिकता : वासुदेव घिमिरे
वि.सं.२०८२ माघ १३ मंगलवार १०:०७
shares

रुपन्देही। रुपन्देही क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्यका उम्मेद्धार वासुदेव घिमिरेले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल संचालन र फोहोर व्यवस्थापनको विषयलाई पहिलो प्राथमिक्तामा राखीने बताएका छन् । मंगलबार प्रेस चौतारी रुपन्देही सम्बद्ध पत्रकारहरुलाई सम्बोधन गर्दै रुपन्देही क्षेत्र नं ३ को प्रतिनिधित्व गर्दै सदनमा पुग्न सके यो समस्याको समाधानका लागि आफू लागि पर्ने बताएका हुन् ।
क्षेत्र नं ३ मा नेकपा एमालेको तर्फबाट उम्मेद्धार रहेका घिमिरेले भने,“तिलोत्तमा नगरपालिकाको नेतृत्व गरीरहँदा हामीले फोहोर व्यवस्थापनको कामलाई महत्वका साथ हेरीरहका थियौ, सासंदले निती निर्माण गर्ने हो, यहाँ समस्याका विषयलाई सदनमा उठाउने र कार्यन्वयन गराउने छु । साथै अव्यवस्थित बसोबासको समस्या, पार्क निर्माण, लगायतका विषयमा संवाद मार्फत अन्य क्षेत्रका जनप्रतिनिधि र नागरिक समाज सँग सहकार्यमा समेत जोडिने छु, तर त्यसको लागि पनि निर्वाचित हुन आवश्यक छ ।”






























