डिजेल र मट्टितेल महँगियो
पेट्रोल र ग्याँस यथावत्
वि.सं.२०८२ माघ १७ शनिवार २०:५७
3.02K
shares
shares

१७ माघ, काठमाडौं। नेपाल आयल निगमले डिजेल र मट्टितेलको खुद्रा मूल्य बढाउने निर्णय गरेको छ। निगमको सञ्चालक समितिको बैठकले यी दुई इन्धनमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि गर्ने निर्णय गरेको हो।
निगमका अनुसार बढेको मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ। मूल्य समायोजनसँगै सर्वसाधारणले अब डिजेल र मट्टितेलका लागि बढी रकम तिर्नुपर्नेछ।
तर, पेट्रोल र खाना पकाउने एलपी ग्याँसको मूल्य भने यथावत् राखिएको निगमले स्पष्ट पारेको छ।
यसैबीच, हवाई इन्धनको मूल्य घटाइएको छ। आन्तरिक उडानका लागि प्रतिलिटर १ रुपैयाँले कमी गरिएको छ भने अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर ७ अमेरिकी डलर घटाइएको निगमले जनाएको छ।
अन्तर्राष्ट्रिय उडानतर्फ पोखरा र भैरहवाका लागि भने लागत बराबर (ब्रेक–इभन पोइन्ट)मै बिक्री मूल्य कायम गरिएको छ।


























