चितवन–२ मा तेस्रो पटक रवि लामिछाने विजयी

2.22K
shares

२३ फागुन, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर–२ बाट तेस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

लामिछानेले ५४ हजार ४०२ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी मिना खरेलले १४ हजार ५६४ मत प्राप्त गरिन्। लामिछानेले खरेललाई ३९ हजार ४६८ मतान्तरले पराजित गरेका हुन्।

यस्तै नेकपा एमालेका अस्मिन घिमिरेले ६ हजार ९९२ मत प्राप्त गर्दा नेपाल कम्युनिष्ट पार्टीका प्रताप गुरुङले ४ हजार ९६९ मत ल्याएका छन्।

निर्वाचन कार्यालयका अनुसार यस क्षेत्रमा ८७ हजार २८ मत सदर भएको छ भने २ हजार ७९६ मत बदर भएको थियो।

लामिछाने यसअघि २०७९ को प्रतिनिधिसभा निर्वाचन र २०८० मा भएको उपनिर्वाचनमा पनि यही क्षेत्रबाट विजयी भएका थिए। यस पटकको परिणामसँगै उनी चितवन–२ बाट लगातार तेस्रो पटक निर्वाचित भएका हुन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083