२८ क्षेत्रको नतिजा सार्वजनिक : रास्वपा आक्रामक, एमाले र कांग्रेस कमजोर

2.29K
shares

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत देशभरका १३५ निर्वाचन अधिकृत कार्यालयमा मतगणना जारी रहेको छ। हालसम्म २८ निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ भने ३ क्षेत्रमा अझै मतगणना सुरु भएको छैन। प्रत्यक्षतर्फ मतगणना सकिएका स्थानमा अहिले समानुपातिकतर्फको मतगणना भइरहेको छ।

ताजा मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आक्रामक रूपमा अघि बढिरहेको देखिएको छ भने नेकपा एमाले र नेपाली कांग्रेस अपेक्षाकृत कमजोर देखिएका छन्।

झापा–५ मा रास्वपाका उम्मेदवार बालेन शाहले एमालेका अध्यक्ष केपी शर्मा ओलीभन्दा करिब चार गुणा बढी मत प्राप्त गरेका छन्। शाहले ३२ हजार ३३६ मत पाउँदा ओलीले ८ हजार ५१८ मत प्राप्त गरेका छन्।

सर्लाही–४ मा भने नेपाली कांग्रेसका सभापति गगन थापा प्रतिस्पर्धी अमरेशकुमार सिंहभन्दा करिब ३ हजार मतले पछि देखिएका छन्। सिंहले ९ हजार ३७ मत प्राप्त गर्दा थापाले ५ हजार ८५८ मत पाएका छन्।

काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा रास्वपा उम्मेदवारहरू विजयी हुने लगभग निश्चित देखिएको छ। हालसम्म ९ क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ भने काठमाडौं–२ को नतिजा आउन बाँकी छ।

अहिलेसम्म नेकपा एमालेका उम्मेदवार एक स्थानमा मात्र निर्वाचित भएका छन्। बाँके–२ बाट एमालेका इस्तेहाक राई विजयी भएका हुन्।

त्यस्तै नेपाली कांग्रेसका ५ उम्मेदवार निर्वाचित भइसकेका छन्।

समानुपातिकतर्फ पनि रास्वपा अग्रस्थानमा देखिएको छ। हालसम्म कांग्रेसले करिब ७ हजार ५ सय मत प्राप्त गर्दा रास्वपाले करिब साढे २२ हजार मत प्राप्त गरेको छ। एमालेले भने रास्वपाले पाएको मतको करिब १० प्रतिशत मात्र मत प्राप्त गरेको देखिएको छ। एमालेभन्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बढी मत प्राप्त गरेको देखिएको छ।

प्रत्यक्षतर्फ मतगणना टुंगिएका क्षेत्रमा अहिले समानुपातिकतर्फको मतगणना जारी रहेको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083