रास्वपाले सभापति परिवर्तनबारे कुनै छलफल गरेको छैन: गणेश पराजुली
वि.सं.२०८३ जेठ ६ बुधवार २०:४२
1.33K
shares
shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता गणेश पराजुलीले पार्टीले सभापति रवि लामिछानेको विकल्प नखोजेको बताएका छन्।
बुधबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले जनताबाट पनि रास्वपाको नेतृत्व अरू कसैले सम्हाल्नुपर्छ भन्ने आवाज नआएको दाबी गरे।
उनले पार्टीभित्र गुट–उपगुटको चर्चा हुनु नयाँ विषय नभए पनि अहिले रास्वपाभित्र त्यस्तो अवस्था नरहेको बताए। विभिन्न राजनीतिक पृष्ठभूमिका शक्तिहरू पार्टीमा समाहित भएकाले आगामी महाधिवेशनमार्फत सबैलाई समेटेर अघि बढ्ने तयारी रहेको उनको भनाइ थियो।
पराजुलीले पार्टीभित्रका नेताहरूमाथि लागेका आरोपबारे पार्टीले न बचाउ गर्ने न खण्डन गर्ने स्पष्ट पारे। उनले अनुसन्धानका लागि आवश्यक सबै बाटो खुला रहेको धारणा राखे।






























