सडक र सवारी लक्षित मनसुनजन्य विपद् न्यूनीकरण अभियान २०८३ को शुभारम्भ

455
shares

काठमाडौ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजनामा काठमाडौँको नयाँबसपार्कमा काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीको प्रमुख आतिथ्यमा उक्त अभियानको शुभारम्भ भएको हो ।

नयाँ बसपार्क सहित कलंकी, नागढुङ्गा, फर्पिङ, भक्तपुरलगायतका विभिन्न स्थानमा सडक र सवारी लक्षित मनसुनजन्य विपद् न्यूनीकरणका लागि नागरिक सहायता कक्ष स्थापना गरेरै आजबाट सेवा दिन सुरु गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की सहित यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौला, राष्ट्रिय सडक सुरक्षा परिषद्का Technical Advisor सरोज प्रधान, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव राम बहादुर केसी, अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष दिपक केसीले मन्तव्य राख्नु भएको थियो ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले मन्तव्य मार्फत अतिथिहरूलाई कार्यक्रममा स्वागत गर्नुका साथै कार्यक्रमको औचित्यमाथी प्रकाश पार्नु भएको थियो ।

उक्त कार्यक्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख अधिकारी र व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सिटौलाले Luggage Tag प्रणाली लागु गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर समेत गर्नु भयो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083