एसपी मनोहर भट्टले सम्हाले कपिलवस्तु प्रहरी प्रमुखको जिम्मेवारी

2.25K
shares

कपिलवस्तु ।काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट जिल्ला प्रहरी कार्यालय कपिलवस्तु प्रहरी प्रमुखको रूपमा सरुवा भएका एसपी भट्टले आफ्नो जिम्मेवारी सम्हालेका छन् ।

जिल्लामा पुगेर पदभार ग्रहण गर्दै एसपी मनोहर भट्टले अपराध नियन्त्रण, जनताको जिउधनको सुरक्षा आफ्नो प्राथमिकतामा रहेको बताए । प्रहरी कर्मचारीको मनोबल बढाउने र परिणाममुखी कार्यसम्पादनमा आफूकेन्द्रित हुने उनको भनाइ थियो ।

मातहतका प्रहरी इकाइहरूको कमान्डरको कार्यक्षमताका आधारमा मूल्यांकन गर्दै कामको परिणामको आधारमा मूल्यांकन गरिने उल्लेख गर्दै एसपी भट्टले मातहत इकाइ प्रमुखलाई उच्च व्यावसायिकताका परिणाममुखी काम गर्न निर्देशन दिए ।


divya collage
unigloble collage