नेपाल पहरी विकास संघको केन्द्रीय अध्यक्षमा आत्माराम पहरी “सौगात” निर्वाचित
नेपाल पहरी विकास संघको ५औँ राष्ट्रिय महाधिवेशन सम्पन्न
वि.सं.२०८३ जेठ १० आइतवार १२:५१
shares

काठमाडौं । नेपाल पहरी विकास संघको ऐतिहासिक ५औँ राष्ट्रिय महाधिवेशनबाट ऊर्जावान युवा नेतृत्व तथा पहरी समुदायका बौद्धिक व्यक्तित्व आत्माराम पहरी “सौगात” केन्द्रीय अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ। उहाँको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएसँगै पहरी समुदायमा नयाँ उत्साह थपिएको छ।
नवनिर्वाचित अध्यक्ष आत्माराम पहरीलाई देशभरिका पहरी समुदायका प्रतिनिधि तथा शुभेच्छुकहरूले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। महाधिवेशनले समुदायको हक, हित, पहिचान र उत्थानका लागि संगठनलाई अझ सशक्त बनाउने विश्वास लिइएको छ।
महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूमा उपाध्यक्षमा घनश्याम पहरी, दिनेश कुमार नगरकोटी, भेग बहादुर पहरी तथा लक्ष्मी पहरी निर्वाचित हुनुभएको छ। त्यसैगरी महासचिवमा बन्दना पहरी, सचिवमा जीवन पहरी, कोषाध्यक्षमा रिता पहरी तथा सह-कोषाध्यक्षमा प्रवीण कुमार पहरी चयन हुनुभएको छ।

त्यस्तै केन्द्रीय सदस्यहरूमा मिलन पहरी, अन्जना पहरी, दल बहादुर पहरी, अनिल नगरकोटी पहरी, शंकर बहादुर पहरी, सानू नगरकोटी पहरी, विकि पहरी तथा विजय पहरी निर्वाचित हुनुभएको छ।
नवनिर्वाचित कार्यसमितिले पहरी समुदायको सामाजिक, शैक्षिक, सांस्कृतिक तथा आर्थिक विकासमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। साथै संगठनलाई देशव्यापी रूपमा अझ सुदृढ र प्रभावकारी बनाउँदै समुदायको अधिकार र पहिचानका लागि निरन्तर काम गर्ने विश्वास व्यक्त गरिएको छ।





























