प्रहरी उपरीक्षक रबिन्द्र बहादुर सिंहद्वारा पदभार ग्रहण
स्वागत तथा फेरी भेटौला कार्यक्रम सम्पन्न
वि.सं.२०८३ जेठ १२ मंगलवार २०:३०
shares

सिन्धुली। नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालय नक्साल, काठमाडौंबाट सरुवा भई सिन्धुलि जिल्ला प्रहरी कार्यालयमा कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्न आउनुभएका प्रहरी उपरीक्षक रबिन्द्र बहादुर सिंहको स्वागत तथा उक्त कार्यालयबाट सरुवा भई नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, कास्की जान लाग्नुभएका प्रहरी उपरीक्षक लालध्वज सुवेदीको फेरी भेटौला कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा कार्यालयका प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थितिमा नवआगन्तुक प्रहरी उपरीक्षक सिंहलाई स्वागत गरिएको थियो भने सरुवा भई जान लाग्नुभएका प्रहरी उपरीक्षक सुवेदीलाई सम्मानपूर्वक बिदाइ गरिएको थियो ।

कार्यक्रममा कार्यालय प्रमुख लगायत उपस्थित प्रहरी कर्मचारीहरूले बिदाइ हुन लाग्नुभएका प्रहरी उपरीक्षक सुवेदीलाई फूलमाला, खादा तथा मायाको चिनो प्रदान गर्दै सफल कार्यकालको प्रशंसा गरेका थिए । साथै नवआगन्तुक प्रहरी उपरीक्षक सिंहलाई सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो । कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको कार्यालयले जनाएको छ।































