महिलालाई स्वरोजगारसँग जोड्ने उद्देश्यले “झोल तथा कडा साबुन बनाउने तालिम” सुरु

2.38K
shares

काठमाडौं । महिला नव जागरण अभियान नेपालको आयोजनामा महिलाहरूलाई सीपमूलक तालिम प्रदान गरी आगामी दिनमा रोजगारी तथा स्वरोजगारका अवसर सिर्जना गर्ने उद्देश्यले “झोल तथा कडा साबुन बनाउने तालिम” सञ्चालन गरिएको छ।

काठमाडौं महानगरपालिका वडा नं. ३१ को सहकार्यमा बानेश्वर बहुमुखी क्याम्पसमा आयोजना गरिएको उक्त तीन दिने तालिमको पहिलो दिन (Day–1) सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रमको उद्घाटन सत्रमा काठमाडौं महानगरपालिका वडा नं. ३१ का वडा अध्यक्ष सरोज ढकाल, बानेश्वर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. घमानसिंह खड्का, स्ववियु अध्यक्ष भूमिराज अधिकारी, महिला नव जागरण अभियान नेपालकी अध्यक्ष यसोदा खनाल लगायतको उपस्थिति रहेको थियो।

महिलाहरूलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित सञ्चालन गरिएको तालिममा झोल तथा कडा साबुन बनाउने सीप, उत्पादन प्रक्रिया तथा व्यावहारिक ज्ञान प्रदान गरिनेछ।
तीन दिनसम्म सञ्चालन हुने उक्त तालिमका लागि स्थान उपलब्ध गराइदिनुहुने बानेश्वर बहुमुखी क्याम्पसप्रति महिला नव जागरण अभियान नेपालले हार्दिक धन्यवाद व्यक्त गरेको छ।

सीप सिकेका महिलाहरूलाई आगामी दिनमा रोजगारी तथा उद्यमशीलतासँग जोड्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083