एसएसपी दिलिप घिमिरेद्वारा प्रहरी वृत्त महाराजगन्जको निरीक्षण
वि.सं.२०८३ जेठ २९ शुक्रवार १५:४३
2.25K
shares
shares

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (प्र.ब.उ.) दिलिप घिमिरेले प्रहरी वृत्त महाराजगन्जको निरीक्षण तथा अनुगमन गर्नुभएको छ।
निरीक्षणका क्रममा उहाँले वृत्तको समग्र सुरक्षा अवस्था, प्रशासनिक गतिविधि तथा प्रहरी सेवासँग सम्बन्धित विषयहरूको जानकारी लिनुका साथै कार्यरत प्रहरी कर्मचारीहरूलाई आवश्यक निर्देशन सम्बोधन गर्नुभयो।
सम्बोधनका क्रममा एसएसपी घिमिरेले प्रहरी सेवा थप प्रभावकारी, अनुशासित र जनमुखी बनाउन सबै प्रहरी कर्मचारीले जिम्मेवारीपूर्वक कार्य गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा प्रहरी वृत्त महाराजगन्जका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) नवराज पोखरेल लगायत वृत्तमा कार्यरत सिनियर तथा जुनियर प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो।


















