उत्कृष्ट कार्यसम्पादन गर्दै डीआईजी ओम रानाको विदाई

1.34K
shares

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, कैलालीमा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) ओम बहादुर रानाको विदाई तथा “फेरी भेटौला” कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल सरकार, गृह मन्त्रालयको निर्णयअनुसार डीआईजी रानाको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्साल, काठमाडौं सरुवा भएपछि उक्त कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा निमित्त प्रदेश प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक पदम बहादुर बिष्टले डीआईजी रानालाई मायाको चिनो प्रदान गर्दै उहाँको व्यक्तिगत तथा व्यावसायिक जीवनको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखको जिम्मेवारीमा रहँदा शान्ति सुरक्षा व्यवस्थापन, अपराध नियन्त्रण, प्रहरी सेवा प्रवाह सुधार तथा संगठनात्मक समन्वयमा महत्वपूर्ण योगदान पुर्‍याउनुभएका डीआईजी रानालाई प्रहरी कर्मचारीहरूले सम्मानपूर्वक विदाई गरेका हुन् ।

कार्यक्रममा नेपाल प्रहरीका विभिन्न कार्यालयका प्रमुख, वरिष्ठ प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो । डीआईजी रानाले अब अपराध अनुसन्धान विभागमा नयाँ जिम्मेवारी सम्हाल्नुहुनेछ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083