सुनसरीका चार स्थानबाट ४ लाख ६२ हजारभन्दा बढीका अवैध सामान बरामद
वि.सं.२०८३ असार २४ बुधवार १५:०९
shares

सुनसरी प्रहरीले जिल्लाका विभिन्न सीमा क्षेत्रबाट भन्सार छली गरी नेपाल भित्र्याइएका ४ लाख ६२ हजार ९१४ रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ।
प्रहरीका अनुसार कोशी गाउँपालिका–८, भोक्रानरसिंह गाउँपालिका–६, देवानगञ्ज गाउँपालिका–२ र इनरुवा नगरपालिका–२ क्षेत्रमा गरिएको निगरानीका क्रममा लत्ताकपडा, किराना सामग्री तथा मोटरसाइकलका पार्टपुर्जा बरामद गरिएको हो।
बरामद सामानमध्ये कोशी गाउँपालिका–८ बाट २ लाख ३७ हजार ६९४ रुपैयाँ बराबरको लत्ताकपडा र किराना सामग्री, भोक्रानरसिंह–६ बाट ६३ हजार ७२० रुपैयाँ बराबरको किराना सामग्री, देवानगञ्ज–२ बाट १ लाख ५४ हजार रुपैयाँ बराबरका मोटरसाइकलका पार्टपुर्जा तथा इनरुवा–२ बाट ७ हजार ५०० रुपैयाँ बराबरको किराना सामग्री फेला परेको प्रहरीले जनाएको छ।
बरामद गरिएका सबै सामान आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन सुनसरी भन्सार कार्यालय, सेतुबन्धमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।




















