प्रेमिकासँग विवाह गराइदिन माग गर्दै नेपाल टेलिकमको ८० मिटर अग्लो टावरमा चढे युवक
वि.सं.२०८३ साउन ३ आइतवार ०९:५१
715
shares
shares

सर्लाही । सर्लाहीको मलंगवामा एक युवक प्रेमिकासँग विवाह गराइदिनुपर्ने माग गर्दै नेपाल टेलिकमको ८० मिटर अग्लो टावरमा चढेका छन्।
जिल्लाको गोडैता नगरपालिका–९ बकैनियाका अन्दाजी २४ वर्षीय अफसर आलम हुसेन आइतबार बिहान मलंगवा नगरपालिका–९ स्थित नेपाल टेलिकम कार्यालयको परिसरभित्र रहेको टावरमा चढेका हुन्।
प्रत्यक्षदर्शीका अनुसार हुसेनले आफूले प्रेम गर्ने युवतीलाई घटनास्थलमा बोलाइदिनुपर्ने र उनीसँग विवाह गर्न पाउनुपर्ने माग राख्दै टावरमा चढेका हुन्। घटनापछि टावर आसपास स्थानीयको भीड लागेको छ।
युवकलाई सुरक्षित रूपमा तल झार्न नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा सम्बन्धित निकायका सुरक्षाकर्मी उद्धार तथा सम्झाइबुझाइमा खटिएका छन्। घटनास्थलमा सुरक्षा सतर्कता बढाइएको छ।




















