बाढीपीडितका लागि अखिल नेपाल महिला संघको सहयोग
वि.सं.२०८३ भदौ १७ बुधवार १९:४५
shares

भैरहवा ।अखिल नेपाल महिला संघ सिद्धार्थनगर नगर कमिटीले बाढीपीडित परिवारका लागि राहत सामग्री हस्तान्तरण गरेको छ।
संघले ४ थान सिरक, डसना, कम्बल, तकिया तथा म्याट, ७५ किलो चिउरा, ३५ किलो नुन, ५० किलो चामल र ५ पेटी खानेकुरा सहयोग गरेको हो।
बाढीबाट प्रभावित महिलाको आवश्यकतालाई समेत ध्यानमा राख्दै संघले व्यक्तिगत सरसफाइका सामग्री समेटेर ७५ प्याकेट हाइजिन किट तयार गरेको जनाएको छ। प्रत्येक प्याकेटमा २/२ थान पेन्टी, एक प्याकेट सेनेटरी प्याड, काइँयो र रबर ब्यान्ड राखिएको छ। साथै, प्राप्त सहयोगबाट २५ प्याकेट सेनेटरी प्याडलगायतका सामग्रीसमेत राहतमा समावेश गरिएको छ।
बुधबार, २०८३ भदौ १७ गते, उक्त राहत सामग्री अखिलका युवाहरूलाई हस्तान्तरण गर्दै प्रभावित महिलासम्म पुर्याउन अनुरोध गरिएको हो।
अखिल नेपाल महिला संघ सिद्धार्थनगर नगर कमिटीकी अध्यक्ष अनिता थापा क्षेत्रीले विपद्को समयमा गरिएको सानो सहयोगले पनि प्रभावित परिवारलाई ठूलो राहत पुग्ने बताउनुभयो।उहाँले अभियानमा आर्थिक तथा भौतिक सहयोग गर्ने सम्पूर्ण सहयोगीप्रति धन्यवाद व्यक्त गर्नुभयो।
अध्यक्ष थापा क्षेत्रीले आगामी दिनमा पनि विपद्मा परेका परिवारको सहयोगका लागि संघ निरन्तर सक्रिय रहने बताउनुभयो।

















