विशिष्ट व्यक्तिको सुरक्षा तालिमको ६७औँ समूहको समापन कार्यक्रम सम्पन्न

338
shares

काठमाडौं । यस प्रतिष्ठानमा सञ्चालित ‘विशिष्ट व्यक्तिको सुरक्षा (सि.प्र.अ.) तालिम’ को ६७औँ समूहको तालिम समापन कार्यक्रम सम्पन्न भएको छ।  कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक  चेतना पोख्रेलले तालिमको उद्देश्य, सञ्चालन प्रक्रिया तथा प्रशिक्षार्थीहरूले हासिल गरेका ज्ञान, सीप र दक्षतासम्बन्धी संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रमका प्रमुख अतिथि तथा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) राजन अधिकारीले तालिम सफलतापूर्वक सम्पन्न गर्ने प्रशिक्षार्थी प्रहरी अधिकृतहरूलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो। साथै, उहाँले प्रशिक्षार्थीहरूलाई निर्देशन सम्बोधन गर्दै तालिमबाट प्राप्त ज्ञान, सीप र दक्षतालाई कार्यक्षेत्रमा प्रभावकारी रूपमा उपयोग गर्नुपर्नेमा जोड दिनुभएको थियो।

विशिष्ट व्यक्तिहरूको सुरक्षा संवेदनशील, जिम्मेवार र चुनौतीपूर्ण कार्य भएकाले यसमा उच्च व्यावसायिक दक्षता, अनुशासन, सतर्कता, समन्वय तथा जिम्मेवारीबोध आवश्यक रहने गर्दछ। तालिमबाट हासिल गरेका सीप र अनुभवलाई व्यवहारमा उतार्दै सुरक्षा व्यवस्थालाई थप प्रभावकारी, विश्वसनीय र व्यावसायिक बनाउन प्रशिक्षार्थीहरूको भूमिका महत्त्वपूर्ण रहने अपेक्षा गरिएको छ।

तालिम समापनसँगै प्रशिक्षार्थी प्रहरी अधिकृतहरूले विशिष्ट व्यक्तिको सुरक्षा कार्यलाई थप व्यवस्थित, मर्यादित र प्रभावकारी रूपमा सम्पादन गर्न आवश्यक व्यावसायिक ज्ञान तथा सीप हासिल गरेका छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083