मोटरसाइकलको तीव्र गति नियन्त्रण र सडक सुरक्षा कायम गर्न प्रहरी उपरीक्षक रुपेश खड्काको सक्रियता प्रशंसनीय
वि.सं.२०८३ असोज २८ बुधवार २३:३९
shares

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा मोटरसाइकलको तीव्र गति नियन्त्रण तथा सडक सुरक्षा कायम गर्न प्रहरी उपरीक्षक (एसपी) रुपेश खड्काले सक्रिय भूमिका निर्वाह गर्नुभएको छ।
सडक दुर्घटना न्यूनीकरण, ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन तथा आम नागरिकको जीउधनको सुरक्षालाई प्राथमिकतामा राख्दै उहाँले देखाउनुभएको सक्रियता प्रशंसनीय रहेको छ।
सवारीसाधनको तीव्र गति दुर्घटनाको प्रमुख जोखिममध्ये एक भएकाले यसको नियन्त्रण, ट्राफिक नियमको पालना र सडक अनुशासन कायम गर्न प्रहरीले निर्वाह गर्ने भूमिका महत्त्वपूर्ण मानिन्छ। यस सन्दर्भमा जनकपुरधाम क्षेत्रमा सडक सुरक्षाका लागि एसपी खड्काले देखाउनुभएको सक्रियताप्रति प्रशंसा व्यक्त गरिएको छ।
सडक दुर्घटना न्यूनीकरण गर्दै नागरिकलाई सुरक्षित आवागमनको वातावरण सुनिश्चित गर्न प्रहरी प्रशासनको यस्तो जिम्मेवार, जनमुखी र नागरिकमैत्री कार्यले थप निरन्तरता पाउनुपर्ने देखिन्छ।
























