सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानीसम्बन्धी अपराध अनुसन्धान तालिम सम्पन्न

897
shares

काठमाडौं । नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयमा सञ्चालित ‘सम्पत्ति शुद्धीकरण, आतङ्ककारी कार्य वा आमविनासका हातहतियार निर्माण वा विस्तारमा वित्तीय लगानीसम्बन्धी अपराध अनुसन्धान (सि.प्र.अ.) तालिम’ आठौँ समूहको तालिम समापन कार्यक्रम सम्पन्न भएको छ।

१६ कार्यदिन अवधिको उक्त तालिमको समापन कार्यक्रममा तालिम संयोजक प्रहरी उपरीक्षक कोमल शाहले तालिमको उद्देश्य, सञ्चालन प्रक्रिया तथा उपलब्धिसम्बन्धी संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) राजन अधिकारीले प्रशिक्षार्थी प्रहरी अधिकृतहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो। साथै, उहाँले तालिमबाट हासिल गरेको ज्ञान, सीप र अनुभवलाई व्यावहारिक कार्यक्षेत्रमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक निर्देशनसहित सम्बोधन गर्नुभएको थियो।

सम्पत्ति शुद्धीकरण, आतङ्ककारी कार्य तथा आमविनासका हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानीसम्बन्धी अपराधको अनुसन्धानलाई थप प्रभावकारी बनाउने उद्देश्यले सञ्चालित यस तालिमले प्रहरी अधिकृतहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्नुका साथै जटिल प्रकृतिका वित्तीय अपराधको अनुसन्धानमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

तालिमबाट प्राप्त ज्ञान र सीपको प्रभावकारी प्रयोगमार्फत वित्तीय अपराध नियन्त्रण तथा अनुसन्धानलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083