सिंहदरबार सुरक्षा गणमा ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न
वि.सं.२०८३ असोज २८ बुधवार २३:५३
shares

काठमाडौं। ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा नेपाल प्रहरी सिंहदरबार सुरक्षा गण परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।
सिंहदरबार सुरक्षा गणका प्रमुख प्रहरी उपरीक्षक नारायण प्रसाद अधिकारीको उपस्थितिमा आयोजित उक्त कार्यक्रममा गण परिसरमा विभिन्न बिरुवा रोपिएको थियो।
वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा स्वच्छ र स्वस्थ वातावरण निर्माणमा योगदान पुर्याउने उद्देश्यले वृक्षारोपण कार्यक्रम आयोजना गरिएको हो। प्रहरी दिवसको अवसरमा आयोजित यस कार्यक्रमले वातावरणीय सन्तुलन कायम राख्न, प्राकृतिक सम्पदाको संरक्षण गर्न तथा वातावरणप्रति जिम्मेवार बन्न सकारात्मक सन्देश प्रवाह गरेको छ।
वृक्षारोपणजस्ता रचनात्मक गतिविधिले वातावरण संरक्षणमा टेवा पुर्याउनुका साथै हरित र स्वच्छ समाज निर्माणमा समेत महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।
























