बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीलाई ‘पूर्ण शान्ति पुरस्कार’ प्रदान

260
shares

काठमाडौं । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अङ्गुर जिसीलाई जिल्लामा शान्ति सुरक्षा कायम गर्न तथा प्रहरी सेवामार्फत नागरिकको सुरक्षा र विश्वास अभिवृद्धिमा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै यस वर्षको ‘पूर्ण शान्ति पुरस्कार’ प्रदान गरिएको छ।
गृहमन्त्री सुदन गुरुङले एसपी जिसीलाई उक्त पुरस्कार प्रदान गर्नुभएको हो। जिल्लाको शान्ति सुरक्षा व्यवस्थापन, अपराध नियन्त्रण तथा नागरिकको जीउधनको सुरक्षा सुनिश्चित गर्ने कार्यमा पुर्‍याएको योगदानको कदरस्वरूप उहाँलाई सम्मान गरिएको जनाइएको छ।

प्रहरी सङ्गठनभित्र जिम्मेवारी, अनुशासन र व्यावसायिक कार्यसम्पादनलाई प्रोत्साहन गर्ने यस्ता सम्मानले सुरक्षाकर्मीहरूलाई थप जिम्मेवार, जवाफदेही र सेवामुखी भएर कार्य गर्न प्रेरणा प्रदान गर्ने विश्वास लिइएको छ।
एसपी जिसीलाई प्रदान गरिएको यस सम्मानले उहाँको कार्यसम्पादनको मूल्याङ्कन हुनुका साथै नेपाल प्रहरी सङ्गठनको प्रतिष्ठा अभिवृद्धिमा समेत योगदान पुर्‍याएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083