‘अपरेशन डिजिटल अनर’ सञ्चालन, सामाजिक सञ्जालमार्फत नाबालिका तथा महिलाको चरित्र हत्या गर्ने ९ जना पक्राउ
वि.सं.२०८३ मंसिर १० बिहीवार २१:२२
shares

काठमाडौं । सामाजिक सञ्जालको दुरुपयोग गरी नाबालिका तथा महिलाहरूको चरित्र हत्या गर्ने गतिविधिमा संलग्न रहेको आरोपमा ९ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
महिला तथा बालबालिकाको सम्मान, सुरक्षा र डिजिटल अधिकार संरक्षण गर्ने उद्देश्यसहित ‘OPERATION DIGITAL HONOR – Respect Women and Children’ अभियानअन्तर्गत उनीहरूलाई पक्राउ गरिएको जनाइएको छ।
सामाजिक सञ्जालमार्फत कसैको व्यक्तिगत प्रतिष्ठामा आँच पुर्याउने, अपमानजनक सामग्री प्रकाशन तथा प्रसारण गर्ने र डिजिटल माध्यमको दुरुपयोग गरी पीडितलाई दुःख तथा हैरानी दिने कार्यविरुद्ध प्रहरीले अभियान सञ्चालन गरेको हो।
विशेषगरी नाबालिका तथा महिलालाई लक्षित गरी हुने साइबर दुर्व्यवहार, अनलाइन उत्पीडन र चरित्र हत्याजस्ता गतिविधि नियन्त्रण गर्नु अभियानको उद्देश्य रहेको छ।
डिजिटल प्रविधिको प्रयोग जिम्मेवार र मर्यादित ढङ्गले गर्नुपर्नेमा जोड दिँदै प्रहरीले यस्ता गैरकानुनी गतिविधिमा संलग्न व्यक्तिमाथि कानुनी कारबाही अघि बढाउने जनाएको छ।
महिला तथा बालबालिकाको सम्मान र गोपनीयताको रक्षा गर्नु सबैको साझा जिम्मेवारी हो। सामाजिक सञ्जालमा कुनै पनि व्यक्तिको प्रतिष्ठामा आँच पुग्ने सामग्री प्रकाशन वा प्रसारण नगर्न प्रहरीले आग्रह गरेको छ।
विज्ञप्ति सहित)




















