सत्ता र शक्तीको आडमा बझाङ प्रहरी : कांग्रेस नेता भण्डारीलाई अभ्रद ब्यवहार गर्ने थापालाई प्रहरीले पक्राउ गरेन

Nepal Life Insurance Long Ad

बझाङ । नेपाली कांग्रेस बझाङका पुर्व पाटी सभापती सत्यराज भण्डारीलाई मदिरा सेवन गरि अभद्र ब्यवहार गर्ने थलारा गाउँपालिकाका रबि खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छैन् ।

नेपाल तरुण दलको कार्यक्रमलाई सम्बोधन गर्न थलारा गाउँपालिका २ दंगाजी पुगेका भण्डारीलाई फोन मार्फत तथा कार्यक्रम स्थलमा आएर धम्क्याउने खड्कालाई कानुनी कारबाहीका लागी जिल्ला प्रहरी कार्यालय निबेदन दिएको दुई साता बिती सक्दा पनि प्रहरीले नियन्त्रणमा लिएको छैन् ।

सामाजिक सन्जाल फेसबुक मार्फत जानकारी गराउदै नेता भण्डारीले आफुमाथी अनाहक रुपमा गाली गलौज गर्ने दंगाजीका रबि खड्कालाई सत्ता र शक्तिको आडमा परि प्रहरीले नियन्त्रणमा लिन नसकेको आरोप लगाएका छन् ।

उनले भने तीन साता अगाडी जिल्ला प्रहरी कार्यालय बझाङमा निबेदन दिएको भए पनि पटक पटक प्रहरी नायब उपरिक्षक गणेश बमलाई जानकारी गरेको १४ दिन सदरमुकाम चैनपुरमा बसेको भए पनि प्रहरीले नै ब्यवास्ता गरेको बताए ।

३ साता अगाडी नेपाल तरुण दल थलारा गाउँपालिकाले आयोजना गरेको वडा भेलामा थलारा गाउँपालिका अध्यक्ष भुवनेश्वर जोशी मुर्दावाद भन्ने नारा किन लगाएको भनेर अपरिचित नम्बरबाट ९८६५८७६४५८ फोन गरेको र ५ मिनेटमा भेट्छु भन्दै कार्यक्रम स्थलमा आई गाली गलौज गरी आफु माथी हातपातको प्रयास गरेको बताए ।

उनले आफुले आफ्ना कार्यकर्ताहरुलाई हात जोडेर झगडा नगरौ पछि कानुनी उपचारमा जाउला भन्दै सम्झाएको भण्डारीले जानकारी दिए ।

तरुण दलको कार्यक्रममा कुनै ब्यक्ति र दललाई लक्षित गरि नारा जुलुस नलगाएको बताउदै भण्डारी भने कसैले नारा जुलुस गरेको प्रमाण भेटाउन चुनौती समेत छ ।

भण्डारीले भने कुनै नेता तथा दल बिषेसलाई मुर्दाबादको नारा लगाउनु आफ्नो नैतिकता नभएको बताउदै सत्ता र शक्तिको आडमा अपराधीलाई संरक्षण गर्नु दुर्भाग्य भएको समेत बताए । मैले छलफल गरौ भनेर बोलाएको हुँ र उसले मैले गल्ती गरे भनेर माफी माग्दा पनि हुथ्यो भन्ने भएको थियो ।

बझाङ प्रहरी पटक पटक सत्ता र शक्तिको आडमा प्रभावित हुने गरेको गुनासो समेत आउने गरेको छ । पछिल्लो समयमा राजनीति पावरका आधारमा मुद्धा दर्ता गर्न प्रहरीले आनाकानी गर्ने , अपराधीलाई कानुनी दायरामा ल्याउनुको साटो प्रहरीले उल्टै अपराधिलाई संरक्षण दिने गरेको,नेताहरुको प्रभावमा काम गर्ने गरेको नागरिक समाजको गुनासो छ ।

यता प्रहरी नायव उपरिक्षक गणेश बमले दुबै पक्ष संग कुरा भएको भने पछि आफुले कुनै ध्यान नदिएको बताए । उपरिक्षक बमले दुबै पक्षको कुरा मिल्यो भन्ने खबर आयो अनि त्यसमा ध्यान दिन सकेनौ ।

pahit bajhangगत असार १९ गते राती केदार स्यू गाउँपालिका ८ मा २२ वटा घर पहिरो ले बगाएको र ७ जना को मृत्यु भएको मा अमेरिका रहेका ब्यक्तिहरूबाट संकलन भएको र केहि रकम भारत बाट प्राप्त भई श्राबण १४ गतेका दिन (तीन लाख)पहिरो पिडितहरू लाई हस्तान्तरण गरेको गर्न बझाङ आएका नेता भण्डारी थलारा गाउँपालिका तरुण दलको कार्यक्रममा समेत सहभागी भएका थिए ।

भण्डारीकाे स्टाटस् जस्ताकाे तेस्तै : 

गत श्राबण १७ गते थलारा गाउ पालिका को व न २ दंगाजी मा नेपाल तरुण दल को कार्य समिति गठन गर्ने कार्यक्रम मा थलारा गाउ पालिका का पार्टी का साथी हरू को अनुरोध मा अस्वस्थता का बाबजुद पनि उक्त कार्यक्रम मा सहभागी भएको थिए।म कार्यक्रम स्थल मा पुग्दै गर्दा नेपाली कांग्रेस जिन्दाबाद र तरुण दल जिन्दाबाद इत्यादि नारा लगाएर कार्यकर्ता हरूको जुलस मंच मा प्रवेश गरेको थियो।कार्यकर्ता हरू को आउने क्रम जारी रहेको ले कार्यक्रम शुरू भै सकेको थिएन।कार्यक्रम शुरू नहुदै एक अपरिचित ब्यक्ति ले९८६५८७६४५८ न को मोबाइल बाट मलाई फोन गरि म युबा संघ को ब्यक्ति हु मेरो नाम रबी खड़का हो।तपाई ले थलारा गाउ पालिका अध्यक्ष भूबनेश्वर मुर्दाबाद भनेर किन नारा लगाउन लगाउनु भयो भनेर ५ मिनेट सम्म धम्किपूर्ण भाषा मा कुरा गरेका थिए।मैले तरुण दल गठन सम्बन्धि कार्यक्रम भएको ले कुनै अरु दल का ब्यक्ति बिरुद्ध नारा लगाएको छैन भनेर पटक पटक बिनम्रता पूर्बक सम्झाऊने प्रयास गर्दा पनि उक्त ब्यक्ति ले मलाई धम्किपूर्ण भाषा मा कुरा गरी रहे।उक्त रबी खड़का भन्ने ब्यक्ति ले अत्याधिक मदिरा सेवन गरेका थिए।५ मिनेट मा तिमी लाई मंच मै भेटछु भनेर फोन राखी दिए।

हाम्रो कार्यक्रम शुरू हुन लाग्दा अप्रत्याशित रूप मा उक्त रबी खड़का भन्ने ब्यक्ति कार्यक्रम स्थल मा प्रबेश गरी मंच मा म बसेको ठाऊ मा आइ म रबी थापा हु मलाई राम्रो संग चिन तिमी लाई देखाउछु भन्दै म माथी हात पात गर्ने कोसिस गर्दा पार्टी का कार्यकर्ता हरू ले मेरो बचाउ गरेका थिए।कार्यकर्ता हरू ले प्रत्याक्रमण गर्न खोज्दा मैले हात जोडेर उक्त ब्यक्ति लाई सकूसल कार्यक्रम स्थल बाहिर लगी दिनुस हामी ले कानून हात मा लिनु हुदैन भन्दा मेरो अनुरोध लाई स्विकार गरी ने का कार्यकर्ता हरू ले बल प्रयोग नगरी उक्त रबी खड़का लाई सकुशल कार्यक्रम स्थल बाहिर पठाएका थिए।पार्टी कार्यकर्ता को धैर्यता र सहनशीलता को जती प्रशंसा गरे पनि कमै हून्छ।तेत्रो सभा बिथोल्न खोज्दा ,कार्यक्रम का प्रमुख अथिति लाई आक्रमण गर्न खोज्दा पनि ने का कार्यकर्ता ले किन प्रतिकार गरेनन भन्ने प्रश्न पनि उठन सकछ ।

१.हामी ले हाम्रो कार्य क्रम लाई भब्य रूप मा सफल बनाउनु थियो।२. सत्ता पक्ष र प्रतिपक्ष बिच द्वन्द बढ़ाऊनु हुदैन भन्ने मानसिकता ले पनि काम गरेको थियो।३.कुनै अप्रिय घटना घटेको भए बर्तमान सरकार को प्रहरी प्रसासनले ने का कार्यकर्ता लाई कार्बाही गर्ने बाटो खुल्थ्यो।रबी खड़का भन्ने ब्यक्ति मंच भीतर प्रबेश गर्ने बित्तिकै जिल्ला प्रहरी का डि एस पि गणेश बम लाई जानकारी गराउदा घटना भएको ठाऊ चार घंटा को दूरी मा रहेको ले प्रहरी पठाउन सकिदैन भन्ने जबाफ प्रहरी प्रमुख बाट पाइयो।प्रमुख जिल्ला अधिकारी लाई पनि घटना को जानकारी गराउदा डि एस पि साब संग सल्लाह गर्छू भन्ने जबाफ पाए।तर पनि प्र जि अ ज्यू बाट पनि कुनै जबाफ आएन।

दंगाजी मा भएको जुलुस मा सत्ता पक्ष का नेता बिरुद्ध कुनै किसिम को अभद्र नारा लगाउने काम भएको छैन।म उपस्थित भएको जुलुस मा थलारा गाउ पालिका का अध्यक्ष भुबनेश्वर जोशी बिरुद्ध अभद्र नारा लाउने कुरा म सपना मा पनि सोच्न सक्दिन।उक्त दिनको कार्यक्रम कुनै बिरोध सभा नभएर तरुण दल को गठन संग सम्बन्धित थियो।मेरो ने क पा का नेता तथा कार्यकर्ता संग सँधै सौहार्द सम्बन्ध रहदै आएको छ।आफ्नो अपराध लुकाउन मेरा मित्र थलारा गा पा अध्यक्ष भुबनेश्वर को बिरुद्ध नारा लगायो भनेर गलत प्रचार गरियो।अहिले आएर प्रतिनिधि सभा का सांसद मा.भैरब ब सिंह मुर्दाबाद को नारा लगायो भनेर झुट को खेती गरिदै छ।यदि उक्त कार्यक्रम मा ने क पा का नेता तथा कार्यकर्ता बिरुद्ध नारा लगाएको प्रमाण भए पेश गर्न चुनौती दिन चाहन्छू।

उक्त दिन को दंगाजी २ को कार्यक्रम भब्य रूप मा सम्पन्न भएको थियो।ने क पा परित्याग गरी ३७ जना ले नेपाली कांग्रेस मा प्रबेश गर्नु भएको थियो।
म नेपाली कांग्रेस पार्टी को ३ पटक जिल्ला सभापति पद मा निर्बाचित ब्यक्ति हु। ६४ साल मा पार्टी ले मलाई संबिधान सभा को उम्मेदवार बनाएको थियो।मैले०३६ साल पछि का हरेक प्रजातांत्रिक आन्दोलन मा सक्रिय सहभागिता जनाउदै आएको छु।पटक पटक जेल जिवन बिताएको छु।
बिभिन्न सामाजिक संस्था संग पनि मेरो संलग्नता रहेको छ।कोरोना महामारी को बेला म सल्लाहकार रहेको भक्त बि बि हेल्पिंग हैंडस फर ह्यूम्यानिटि भन्ने संस्था ले मेरो र केशब राज जोशी को पहल मा बझाङ जिल्ला का १२ वटा स्थानीय तहमा रहेका क्वारेंटिन मा बसेका ३१०० जना भन्दा बढ़ी ब्यक्ति लाई प्रति ब्यक्ति २ वटा मास्क र १ वटा डिटोल साबुन बितरण गरिएको स्मरण गराउन चाहंछु।

गत असार १९ गते राती केदार स्यू गाउ पालिका को व न ८ मा २२ वटा घर पहिरो ले बगाएको र ७ जना को मृत्यु भएको मा अमेरिका रहेका ब्यक्ति हरू बाट संकलन भएको र केहि रकम भारत बाट प्राप्त भई श्राबण १४ गतेका दिन रु ३०००००/(तिन लाख)पहिरो पिडित हरू लाई हस्तान्तरण गरेको थिए।बझाङ जिल्ला को मष्टा गाउ पालिका मा बिभिन्न वडा का पहिरो पिडित लाई पनि केहि राहत रकम उपलब्ध गराएको जानकारी गराउन चाहांछु।
म सत्ता पक्ष का नेता साथी हरू लाई बिनम्र अनुरोध गर्दछु कि रबी खड़का जस्ता ब्यक्ति लाई तपाई हरू को पार्टी ले नै प्रहरी कहाँ बुझाऊनु पर्ने हैन र।भोली कांग्रेस का कार्यकर्ता ले यस्तो खाल को ब्यबहार गर्दा तपाई हरू चुपचाप सहनु हून्छ।अब बझाङ मा सत्तापक्ष ले प्रति पक्ष लाई गर्ने ब्यबहार यस्तै हुनेछ।मलाई सत्ता पक्ष का केहि मित्र ले रबी खड़का ले जाड खाएको थियो।तपाई ठुलो मानिस उसलाइ क्षमा गरी दिनुस।मैले भने मैले जि प्र का बझाङ मा रबी खड़का लाई कारबाही गरी पाउन निबेदन दिएको छु।जि प्र का मा छलफल गरौ भनेको थिए।

दोषी ब्यक्ति लाई कार्बाही हुने बिश्वास का साथ १३ दिन सदर मुकाम चैनपुर मा पर्खेर बसे।मैले पटक पटक डि एस पी गणेश बम संग सम्पर्क गर्दा कहिले बाटो बिग्रेको भन्ने कहिले ने का पा का नेता आउदै छन कहिले ने क पा को मीटिंग छ भनेर टाल्ने प्रयास गरे।

जनता को कर बाट सेवा सुबिधा लिने प्रहरी ले सत्ता पक्ष को ताबेदारी गर्नु ले जन मानस मा प्रहरी प्रति को बिश्वास गुमेको छ।सत्य तथ्य छान बिन गरी दोषी लाई कड़ा भन्दा कड़ा कार्बाही गर्न को लागी नेपाल सरकार र प्रहरी प्रशासन लाई दबाब दिन को लागी पत्रकार महानुभाब, मानबाधिकार कर्मी,नागरिक समाज र बझाङी दाजु भाई दिदी बहिनी हरू लाई हार्दिक अपिल गर्दछु।सत्ता पक्ष ले अपराध गर्दा पनि कार्बाही न हुने हो भने हामी सबै मिली ल्याएको लोकतांत्रिक गणतंत्र नारा मा मात्र सिमित हुने छ। जिल्ला प्रहरी कार्यालय ले अहिले सम्म कुनै कदम चालेको छैन।अन्यथा सत्ता पक्ष र प्रति पक्ष बीच भोली कुनै अप्रिय घटना घटेमा बर्तमान सत्ता पक्ष र प्रहरी प्रशासन जिम्मेवार हुने छन।

१२ भदौ २०७७, शुक्रवार ०१:०० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु