पूर्वराजा वीरेन्द्र चढ्ने जहाज जब काठमाडौंको सडकमा गुड्यो

8.28K
shares

शनिबार बेलुका साँझ थप गहिरिँदै थियो, काठमाडौँको सडकमा दुर्लभ दृष्य देखियो। सडकमा विमान गुडिरहेको थियो ।

विमानको पंखा थिएन र त्यसलाई सेनाको सहायतामा गुडाइएको थियो, तर विमान रनवेमा होइन मुल सडकमा थियो ।

विपदको अवस्थ आएर सो विमान सडकमा गुडेको थिएन ।

गएको वर्ष रक्षा मन्त्रालयले पूर्वराजाले प्रयोग गरेका विमान र हेलिकप्टर नारायणहिटी संग्राहलयमा राख्ने निर्णय गरेको थियो ।

शनिबार बेलुका सडक मार्ग भएर लगिएको यो विमान २०३१ मा नेपाल ल्याइएको थियो । यो विमान राजा वीरेन्द्रले आफ्ना भ्रमणहरुमा प्रयोग गरेका थिए ।

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएको नेपाली सेनाको एभ्रो विमानलाई नारायणहिटीमा राख्नका लागि बाटोमै गुडाएर लगिँदै थियो शनिबार साँझ ।

विमानस्थलबाट सो विमानलाई गाडीले तानेर लगिएको हो । तीनकुनेमा रेलिङमा विमानको पछाडिको भाग ठोक्किएपछि केहीबेर समस्या भएको थियो ।

नारायणहिटी संग्राहलय लैदानका लागि विमानस्थल कार्यालयले सेनालाई स्वीकृति दिएको हो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083