प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार सहित ४ जनालाई कोरोना संक्रमण
वि.सं.२०७७ असोज १७ शनिवार १७:२४
10.11K
shares
shares

प्रधानमन्त्री केपी ओलीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा, प्रमुख स्वकिय सचिव इन्द्र भण्डारी, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएकाे छ ।
पछिल्लो २४ घण्टामा थप २१ सय२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ८४ हजार ५७० पुगेको जानकारी दिए ।
त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार ४४ जना कोरोनाबाट निको भएका छन्। हालसम्म कोरोनाबाट निको हुनेको संख्या ६२ हजार ७४० पुगेको छ।
कोरोनाबाट मृत्यु हुनेको संख्या ५२८ पुगेको छ। यस अवधिमा १२ हजार ९७८ जनाको पिसिआर परीक्षण भएको छ।













