बुढीगण्डकी भ्रष्टाचारबारे भट्टराईलाई प्रमाण पेश गर्न नेकपाको चुनौती

9.45K
shares

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बुढीगण्डकी जलविद्युत आयोजनामा घुस लिएको ओरोप लगाउने पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई आरोप प्रमाणित गर्न चुनौति दिएको छ ।

नेकपाले प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घुस लिए प्रमाण पेश गर्न चुनौती दिएको हो ।

केही दिनअघि गृहजिल्ला गोरखामा भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री प्रचण्ड र ले शेरबहादुर देउवाले ९ अर्ब रुपैयाँ घुस लिएको प्रमाण आफूसँग रहेको बताएका थिए ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बुधबार प्रेस वक्तव्य जारी गरी भट्टराईको अभिव्यक्ति आधारहीन, झुठ, गलत, कपोलकल्पित एवं दूरासयपूर्ण रहेको भन्दै पूर्ण रुपमा खारेज र भत्र्सना गरेको बताएका छन् ।

उनले त्यससम्बन्धी कुनै प्रमाण भए सार्वजनिक रुपमा र राज्यको सम्बन्धित आधिकारिक निकायमा पेश गर्न चुनौती दिएका छन् ।

‘यद्यपि त्यस प्रकारको कृत्रिम आरोपको तथाकथित प्रमाणको हौवा भ्रमण्मको खेती मात्र हो भन्ने स्पष्ट नै छ’ श्रेष्ठले भनेका छन् ‘तसर्थ राज्यको गरिमामय उच्च पद सम्हालिसकेका व्यक्तिबाट प्रचारित यस प्रकारको आपत्तिजनक एवं गैर जिम्मेवार अभिव्यक्तिका निम्ति सार्वजनिक क्षमायाचना हुनुपर्दछ ।’

बाबुरामको उक्त भनाइको नेपाली कांग्रेसले पनि विज्ञप्ति निकालेर विरोध जनाएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083