संसद विघटनविरुद्ध सडकमा उत्रिए नेकपाका विद्यार्थी नेताहरु(फोटोफिचर)

9.95K
shares

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का भातृ संगठनका विद्यार्थी तथा युवा नेता, कार्यकर्ता सडकमा उत्रिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई गैरसंवैधानिक बताउँदै नेकपाका जनवर्गीय संगठनहरु प्रदर्शनमा उत्रिएका हुन् । आइतबार अपरान्ह माइतीघरमा निकालिएको प्रदर्शनमा पूर्वसभामुख ओनसरी घर्ती मगरलगायत सहभागी छन् ।

प्रदर्शनमा सहभागी अनेरास्ववियू केन्द्रिय सदस्य श्याम रोक्काले तत्काल ‘संसद विघटनको असंवैधानिक कदम खारेज गर्नु पर्ने’, ‘पुस १ को नयाँ संस्करण, पुस ५ को संसद विघटन’, सर्वसत्तावादी कदम आपत्तिजनक र खेदजन भएको र ओलीले संसद विघटन गरेर जनमतको लाई अवहेला गरेको समेत आरोप लगाएका छन्।
हेर्नुस् तस्वीरहरु:-


unigloble collage
baneshwor multiple campus ad -2083