निरंकुश शासक झैं प्रधानमन्त्रीले मन्त्रिपरिषद विस्तार गरे : भीम रावल

6.05K
shares

काठमाडौ । नेकपा नेता भीम रावलले प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद विस्तार गरेर संविधान र लोकतन्त्रको खिल्ली उडाएको बताएका छन्।

उनले चुनावको मिति तोकेर पदबाट राजीनामा दिनुको सट्टा निरंकुश शासक झैं मन्त्रिपरिषद विस्तार गरेको आरोप लगाएका छन्। उनको स्वेच्छाचारी चरित्र र पदको उन्माद आफैं पर्दाफास गरेको रावलको टिप्पणी छ।

ट्वीटरमा लेख्दै रावलले देश, जनता र पार्टीप्रति ओलीले विश्वासघात र संविधानमाथि घात गरेको बताएका छन्।

रावल नेपाल कम्युनिस्ट पार्टीमा प्रचण्ड-माधव नेपाल पक्षधर नेता हुन्। संसद बिघटनपछि प्रधानमन्त्री ओलीले बिहीबार मन्त्रिपरिषद विस्तार गरेका थिए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083