अमेरिकी संसदमा भएको हमलामा भारतीय अतिवादीको हात !

8.48K
shares

काठमाण्डौ । राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थकहरुले अमेरिकी संसदमा हिजो गरेको हमलाको विवादले अन्तराष्ट्रिय रुप लिने देखिएको छ ।

हमला गरिरहँदा हुलदंगा गर्नेहरुको हातमा अमेरिकी झण्डाहरु प्रशस्तै देखिएका भने सानो संख्यामा भारतीय झण्डा पनि फहराएको देखिएपछि अमेरिकी संसदमा भएको आक्रमणमा भारत तानिएको हो ।

आक्रमणकारीहरुले भारतीय झण्डा किन बोके ? उनीहरु को थिए ? भारतीय मूलको आप्रवासील ? प्रधानमन्त्री नरेन्द्र मोदीका समर्थक वा अरु कोहि ? यस बारेमा अमेरिकी जांच एजेन्सीहरुले खोजी शुरु गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जानकारी दिएका छन् । उनीहरुको आशंका छ–कतै अमेरिकी संसद भवनमा आक्रमण गर्ने र आक्रमण गर्न उक्साउनेहरुमा भारतीयहरुको हात त छैन ?

No description available.

भारतीय संचारमाध्यमहरु द हिन्दुस्तान टाईम्स, टाईम्स अफ इन्डिया आदीलेहरुले यसरि अर्काको देशको संसदमा भारतीय तिन रङको झण्डा देखिनु आपत्तीजनक रहेको उल्लेख गरेका छन् भने भारतीय नागरिकहरुले हाल यस विषयमा सामाजिक सन्जालमार्फत आपत्ति प्रकट गरिरहेका छन् । धेरैले यो झण्डा कसरि पुग्यो, कसले लग्यो छानबिन हुनुपर्ने भन्दै कारवाहिको माग गरेका छन् ।