प्रधानमन्त्री ओली र उनका मन्त्री जहाँ पुग्छन् , त्यही हुन्छ विरोध-प्रदर्सन
वि.सं.२०७७ पुस २४ शुक्रवार ११:०१
shares

काठमाडौ । नेकपा विभाजनपछि आज प्रधानमन्त्री केपी शर्मा ओली धनगढीमा आयोजना हुने जनसभालाई सम्बोधन गर्न आउँदैछन्। तर उनी धनगढी पुग्न नपाउँदै धनगढीमा विरोध सुरु भइसकेको छ। नेकपा संस्थापन प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री विरुद्ध टायर बालेर विरोध जनाएका छन्। उक्त समूह निकट अनेरास्ववियूले जिल्ला प्रशासन कार्यालय कैलाली नजिक टायर बालेको हो।
उनी बिहान नौ बजे धनगढी जाने पूर्वनिर्धारित कार्यक्रम छ । संसद विघटनपछि ओली पहिलो पटक उपत्यका बाहिरको कार्यक्रममा सहभागी हुन लागेका हुन् ।
नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको जनसभा धनगढीको खुलामन्चमा हुनेछ । त्यहाँ ५० हजार कार्यकर्ता उतार्ने दाबी गरिएको छ ।
जनसभाको सम्पूर्ण तयारी पूरा भएको र सुरक्षा व्यवस्था पनि चुस्त रहेको नेकपा सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्ण थापाले जानकारी दिए ।
जनसभाको तयारीका लागि मन्त्रीहरु लेखराज भट्ट, प्रेम आले, गणेश ठगुन्ना, गौरीशंकर चौधरीसहित अन्य नेताहरु पनि केही दिनदेखि धनगढीमै केन्द्रित भएका छन् ।
तर प्रधानमन्त्री ओली र उनका मन्त्रीहरुलाई जहाँ उभियो त्यही विरोध प्रदर्सन हुने गरेको छ। मणि थापा, दावा लाम, टोप बहादुर रायमाझी, ईश्वर पोख्रेल, रामबहादुर थापा, पार्वत गुरुङ लाई बुधबार र बिहिवार कालो झण्डा देखाएर विरोध जनाएका थिए।
















