‘जी-न्यूजसँग प्रधानमन्त्रीको अन्तर्वार्ता नाटकै हो’ : अध्यक्ष प्रचण्ड

7.81K
shares

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विदेशी शक्ति केन्द्रहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्र सुनाएको टिप्पणी गरेका छन्।

‘विदेशी शक्ति केन्द्रहरूले उहाँलाई के-के मन्त्र सुनाए। उहाँले मन्त्र सुन्नु भयो। जी- न्यूजको इन्टर्भ्यू तपाईंहरूले हेर्नुभयो नि, उहाँले बोलाएको त्यो पनि नाटक कै हो। नाटकै हो। त्यसको पटाक्षप आज भइसक्यो। अब सगरमाथाको नाम फेर्ने रे, त्यही जी-न्यूजले। यो के नाटक देखिँदैछ तपाईं हामीले?,’ प्रचण्डले प्रश्न गरे।

आज काठमाडौंमा आयोजित आफू पक्षका नेता, कार्यकर्ता भेलामा बोल्दै प्रचण्डले भारतीय सहयोग अनुसार नै प्रधानमन्त्रीले अहिले प्रतिनिधि सभा भंग गरेको हुन सक्नेतर्फ पनि संकेत गरेका छन्।

‘हामीले असारमा स्थायी कमिटीमा छलफल गर्दा मेरा साथीहरूले हटाउन खोजेका छन् भन्नु हुन्थ्यो। हामीले त्यतिबेला हटाएनौं। भारतले भन्दैमा हटाउने हो र भनेर हटाएनौं नि त त्यतिबेला,’ उनले भने, ‘अनि अहिले उहाँले पार्टी विभाजन गर्ने, संसद भंग गर्ने भारतले भनेर गर्यो ? सारा जनताले देखे, बुझे। यसलाई के भन्नुहुन्छ केपीजी?’ उनले यसबारे प्रधानमन्त्रीसँग जवाफ पनि मागेका छन्।

‘मेरो प्रश्न- यसबारे के भन्नु हुन्छ केपीजी? तपाईं यसलाई के भन्नु हुन्छ? मैले भारतलाई केही भन्न खोजेको होइन फेरि यो भ्रम नहोस्।’

प्रधानमन्त्री ओलीले कस्ता मानिसलाई विशेष दूत भन्न खोजेको भन्ने बालुवाटारमा भएका गोप्य भेटघाटले पुष्टि गरिसकेको प्रचण्डको भनाइ थियो।

‘परराष्ट्र मन्त्रालयका प्रतिनिधि समेत नराखी बालुवाटारमा एक्लै तीन तीन घण्टा छलफल गर्नेरु,’ उनले भने। पार्टीमा बहुमत गुमाएपछि ओलीले राजीनामा दिनुपर्नेमा नदिएको उनको भनाइ छ।

‘म भएको भए त यस्तो देख्ने वित्तिकै राजीनामा दिइसक्थें,’ प्रचण्डले भने, ‘त्यो राष्ट्र र लोकतन्त्रको हितमा हुन्छ। तर उहाँ त कुर्सी भाँचेर छोड्छु भन्नुहुन्थ्यो। उहाँले कुर्सीमात्र होइन संविधान र राष्ट्र नै भाँचभुच गर्ने अवस्था आयो अब कसरी सहने?’ देश र संविधान धरापमा पर्दा ओली बिजेता जस्तो गरेर हाँसेको उनले बताए।

‘नराम्रो काम गर्दा त डर मान्ने हुनुपर्ने तर उहाँ खुसी हुनु भएको छ। भाङ खाएर नाचेकोजस्तो ताण्डप नृत्य जस्तो,’ उनले भने।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083