बैतडीमा आफ्नै बाबुले हानेको गोली लागेर छोरीको मृत्यु

11.43K
shares

बैतडीको पुर्चाैडी नगरपालिका १० महरागाँउका ५५ वर्षीय धनबहादुर महराले आफ्नै विवाहित छोरीको गोली हानी हत्या गरेका छन् ।

धनबहादुरले माइत आएकी आफ्नी २० वर्षीया छोरी बेलमती महरा धामीको घाटीमा गोली हानी हत्या गरेका हुन् । घटनास्थलमा पुर्चाैडीस्थित पुरघाट प्रहरी चौकीबाट प्रहरी टोली पुगिसकेको छ ।

इलाका प्रहरी कार्यालय पाटनबाट पनि प्रहरी टोली घटनास्थल तर्फ गइरहेको छ ।

आफन्त डम्मर महराले भने “मृतक युवतीको मुखबाट रगत बगिरहेको देखिएको छ । घरको घाँस राख्ने गोठ छेउमै शव भेटिएको छ । घरमा अहिले कोही छैनन् । ढोका सबै खुल्लै छन् । गाईवस्तुहरु समेत बाहिरै थिए । अहिले प्रहरी र हामी मिलेरले शव गोठमा राखेका हौं ।”

छोरी मरेको थाहा पाए पछि धनबहादुर भने फरार रहेका छन् । मृतक बेलमती महरा धामी एक महिनादेखि माइती घरमै बसिरहेको जनाइएको छ । उनको एक वर्षीया छोरा समेत छन् । उनको कर्मघर घर पुर्चाैडी ३ जोग्यौडा हो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083