तत्काल लकडाउन हुँदैन : प्रधानमन्त्री ओली

9.33K
shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले तत्काल लकडाउन नगर्ने बताएका छन् ।

नयाँ वर्ष २०७८ को पहिलो दिन आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को पुनःनिर्मित कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार सकेसम्म लकडाउन जान नचाहेको बताएका बताएका हुन् । लकडाउनबारे अनावश्यक हल्ला चलाइएको उनको भनाई छ ।

‘सकेसम्म हामी लकडाउनमा जान चाहँदैनौँ । तत्काल लकडाउन हुँदैन पनि । सावधानी अपनाउने हो भने जनजीवन पनि सामान्य बन्न सक्छ ।’ उनले भने ।

प्रधानमन्त्री ओलीले कतिपय राष्ट्रहरुले कोभिडको महामारी बढी फैलिएको हुनाले बन्दाबन्दी गर्न बाध्य भएको र जनताको सुरक्षाका लागि नेपाल सरकार गम्भीर रहेको स्पष्ट पारेका छन् । आफूले लकडाउनको धम्की दिएको भनेर गरिएका दाबी पनि तथ्यहिन रहेको उनले बताए ।  ‘प्रधानमन्त्रीले लकडाउनको धम्की दियो भनेर हल्ला गरे, म धम्की कसलाई दिन्छु ? धम्की दिने मेरो हैसियत होइन । त्यो उचित ठान्दिनँ । सजक हौं मात्र भनेको हुँ ।’

यस्तै, प्रधानमन्त्री ओलीले ठूला औद्योगिक क्षेत्र उद्घाटन गरेको, रेल आउन लागेको, मेलम्चीको पानी आएको तथा अरु ठूला कामहरु पनि हुँदै गएको भन्दै प्रतिकुलताकाबिच पनि काम नरोकिएको दाबी गरेका छन् ।

प्रधानमन्त्री ओलीले एमसीसी संसदमा निर्णयार्थ पेश नगरिएको भन्दै सभामुख अग्नी सापकोटाप्रति असन्तुष्टिसमेत व्यक्त गरेका छन् । ‘नेपाली कांग्रेस र नेकपा माओवादी सरकारमा हुँदा सम्झौता गरिएको थियो । त्यसलाई संसदमा टेबल गरेका छौं । निर्णयार्थ प्रस्तुत गर्न हामीले माग गरिरहेका छौं ।’ उनले भनेका छन्, ‘सरकारले प्रस्तुत गरिसकेपछि रोक्ने संवैधानिक अधिकार कसैसँग हुँदैन । तर, संविधानै नमान्ने र जिद्दी गर्ने काम भइरहेको छ ।’


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083