पुर्वमन्त्री डा.ल्यारक्याल लामा माओवादी केन्द्रको केन्द्रिय सदस्यमा सर्वसहमत निर्वाचित

Nepal Life Insurance Long Ad

काठमाडौं । पुर्वमन्त्री डा.ल्यारक्याल लामा नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठकबाट केन्द्रिय सदस्यमा सर्वसहमत निर्वाचित भएका हुन् । लामो समय नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सल्लाहकार समितिमा समेतरहेर काम गरेका पुर्व मन्त्री लामा अध्यक्ष प्रचण्डको खास विस्वासीलो पात्रको रुपमा चिनिन्छन् ।

नेकपा माओवादी केन्द्रले ३७३ सदस्यीय केन्द्रीय सदस्यको लिस्टमा उनको नाम ३५७ औं स्थान रहेको छ । आइतबार सुरु भएको पार्टीको केन्द्रीय समितिको बैठक बाट उनी सहित अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ३७३ सदस्यीय केन्द्रीय सदस्यको नाम टुंगो लगाएका हुन् ।

३७७ सदस्यीय केन्द्रीय सदस्य रहने भनिए पनि चार जनाको नाम खाली छाडिएको छ । केन्द्रीय समितिमा ज्येष्ठ कम्युनिस्ट लिग, अनुशासन आयोग र लेखा आयोगका संयोजक पदेन सदस्य रहनेछन् ।

त्यस्तै माओवादी केन्द्रले ८६ सदस्यीय वैकल्पिक केन्द्रीय सदस्यको नाम पनि सार्वजनिक गरेको छ । ९४ सदस्यीय वैकल्पिक केन्द्रीय सदस्य रहने भनिए पनि ८ जनाको नाम खाली राखिएको छ । यसअघि माओ‌वादीको केन्द्रीय समिति २९९ सदस्यीय हुने भनिए पनि पछि संख्या थपिएको हो ।

१९ असार २०७९, आइतवार २०:३८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु