साथीहरूले ‘पुरुषत्व’लाई च्यालेन्ज गरेपछि युवकले भियाग्राको ओभरडोज लिएपछि

भियाग्रा बारे राेचक १० तथ्य

Nepal Life Insurance Long Ad

उत्तर प्रदेशको प्रयागराजमा एउटा यस्तो घटना बाहिर आएको छ, जुन सुनेर तपाई छक्क पर्नुहुनेछ । वास्तवमा एक व्यक्तिले बढी आनन्द प्राप्त गर्नको लागि आफ्नो ज्यान जोखिममा पारे । एक २८ वर्षीय युवकले विवाहको केही दिनपछि भियाग्राको ओभरडोज लिएपछि उनलाई अस्पताल भर्ना गर्नुपरेको थियो ।

वास्तवमा यो सम्पूर्ण मामिला तब सुरु भयो जब तीन महिनाअघि भएको विवाहपछि युवकका साथीहरूले उनको पुरुषत्वलाई चुनौती दिएर यौन शक्ति बढाउन औषधि (भियाग्रा) खाने सल्लाह दिए ।

साथीहरूको सल्लाहमा युवकले २५-३० मिलीग्राम भियाग्रा खान थाले पनि सन्तुष्टि नपाएको महसुस भयो । त्यसपछि साथीहरूले डोज बढाउन सल्लाह दिएपछि पीडित युवकले २०० एमजी भियाग्रा खाए । त्यसपछि उनको अवस्था बिग्रियो ।

युवकको गुप्ताङ्ग यसरी उत्तेजित भयो कि २० दिन बितिसक्दा पनि शान्त हुन सकेन । युवकबाट दिक्क भएकओ बेहुली आफ्नो माइती गइन् । माइतीले उनलाई फकाएर घर पठाए तर कुरा अझै मिल्न सकेन । युवकलाई अस्पतालमा भर्ना गरेपछि श्रीमती त्यहाँबाट गइन् ।

चिकित्सकले शल्यक्रियापछि युवकको अवस्था सामान्य बनाए पनि अब जीवनभर समस्या रहिरहने स्पष्ट पारे । उनले सन्तान जन्माउन सक्ने बताइए पनि उनको गोप्य भागको तनाव अब अन्त्य नहुने त्यसैले, उनलाई सार्वजनिक स्थानहरूमा जान न्याप्पी वा कुनै टाइट लुगा लगाउन सल्लाह दिइयो ।

यद्यपि संगम सहर प्रयागराजको सबैभन्दा ठूलो सरकारी अस्पताल मोतीलाल नेहरू मेडिकल कलेजका डाक्टरहरूले यसलाई चुनौतीका रूपमा लिएर दुर्लभ पेनाइल प्रोस्थेसिसको शल्यक्रिया गरेर उनको सबै समस्या हटाए। मेडिकल कलेजका डाक्टरहरुका अनुसार ती युवकले चाँडै नै सामान्य जीवन जिउन थाल्नेछन् र श्रीमतीसँग सम्बन्ध राख्न कुनै समस्या हुने छैन ।

अस्पतालको युरोलोजी विभागका प्रमुख डा. दिलीप चौरसिया टोलीको सफलतामा गौरवान्वित छन् । दुई महिनाअघि युवकले आफूसँग सम्पर्क गरेको उनले बताए । उनको केही दिनअघि विवाह भएको थियो । उनी भन्छन्, विरामीले पहिल्यै भायग्रा खान्थे र बिहेपछि डोज बढाउथे, जसका कारण उनको यौनसम्पर्क गर्ने क्षमता गुम्यो र वीर्य स्खलन बन्द भयो ।

चिकित्सकलाई भेटेपछि मात्रै भियाग्राको सेवन गर्न चिकित्सकहरुले सुझाव दिएका छन् । शल्यक्रियाका क्रममा दिल्लीबाट ल्याइएका युवाको गोप्य भागमा पेनाइल प्रोस्थेसिस प्रत्यारोपण गरिएको र यसको लागत ३५ हजार रुपैयाँ रहेको चिकित्सक दिलीप चौरसियाले बताए । अहिले बिरामीको अवस्था सामान्य रहेको र एक सातापछि अस्पतालबाट डिस्चार्ज हुने उनले बताए ।

यौनेच्छाको सञ्चालन

यौनचाहना मानवजीवनको अभिन्न पाटो हो । यौनसम्पर्क गरेर वंशजलाई निरन्तरता दिनुजस्तो प्राकृतिक नियमको पालना गर्नु मानवको दायित्व हो, तर अहिले पहिलेको जस्तो वंश निरन्तरताका लागि धेरै सन्तान जन्माउनुपर्ने आवश्यकता छैन, त्यसैले यौनसम्पर्कको प्रयोग यौन आनन्दका लागि निकै हुन थालेको छ ।

मोटामोटी रूपमा हेर्दा यौनेच्छाको सञ्चालनमा विभिन्न प्रणाली सक्रिय हुन्छन् । एक त endocrine system अन्तर्गतका रागरसहरूले त्यसमा महत्वपूर्ण भूमिका खेल्छन् भने अर्कातिर इन्द्रिय प्रणालीका साथमा स्नायुप्रणालीले । यौनेच्छा जाग्ने (विकसित हुने) वा त्यसको व्यग्रतामा रागरस अर्थात् हार्मोनको महत्वपूर्ण भूमिका हुन्छ । यौन क्रियाकलापले भन्दा पनि टेस्टेस्टेरोनले यौनेच्छा वा यौन व्यग्रतालाई बढी प्रभाव पारेको हुन्छ । महिलामा पनि टेस्टेस्टेरोनले नै यौनेच्छा वा यौन व्यग्रताका लागि महत्वपूर्ण भूमिका खेल्छ ।

भियाग्रा र यसको कार्य

भियाग्रामा सिल्डेनाफिल साइट्रेट (Sildenafil citrate) नामको रसायन हुन्छ । यो लिङ्गको उक्तेजनामा कठिनाइ हुने व्यत्तिको उपचारका लागि प्रयोग गरिन्छ । पुरुषमा पाइने समस्यामा यो वरदान नै सावित भएको छ । बुझ्नुपर्ने कुरा के छ भने यो औषधी यौन इच्छा वा क्षमता वृद्धि गर्ने (aphrodisiac) वा हार्मोनयुक्त औषधी होइन, त्यसैले यसले लिङ्ग उत्तेजनासम्बन्धी सबै समस्या समाधान नगर्न सक्छ । यही सन्दर्भमा के पनि भनौं भने यो औषधी खाँदैमा स्वःस्फूर्त रूपमा अर्थात् आफसे आफ लिङ्ग उत्तेजित हुने होइन । यदि कुनै पुरुष यौन उत्तेजित हुन पुगे लिङ्गमा रगत भरिने क्रम सामान्य अवस्थाको तुलनामा भन्दा बढी हुन्छ । त्यसैले लिङ्गमा राम्रोसँग उत्तेजना आउँछ । यौनसम्पर्क पछि लिङ्ग पुनः पुरानै अर्थात उत्तेजित नभएको अवस्थामा फर्कन्छ ।

हृदयरोग भएका व्यक्तिहरूले बढी शारिरीक परिश्रम गर्नुपर्ने स्थिति जस्तै यौनसम्पर्क राख्दा पनि विशेष ध्यान पुर्‍याउनुपर्ने हुन्छ । विशेष गरेर हृदयरोगका लागि nitratre भएका औषधी प्रयोग गर्ने व्यक्तिले यो औषधीको प्रयोग गर्नु हुँदैन । अचानक रक्तचापमा कमी भएर ज्यानमै खतरा पनि हुनसक्छ । हृदयरोग, रक्तचाप, कलेजो वा मृगौलासम्बन्धी खराबी भएका व्यक्तिहरूले विशेष गरेर यो औषधीको सेवन गर्नुअघि सावधानी अपनाउनुपर्छ । यो औषधी त्यसै बजारबाट किनेर खानु हुँदैन, चिकित्सकसँग सल्लाह गरेर उनकै सल्लाहमा मात्र प्रयोग गर्नुपर्छ ।

प्रयोगकर्तामध्ये कतिपयलाई टाउको दुख्ने, अनुहार रातो भएर आउने तथा पेटमा गडबडी हुने जस्ता असर देखा पर्न सक्छन् । कसैकसैमा नीलो र हरियो रंग छुट्ट्याउन नसक्ने, प्रकाशसंग बढी संवेदनशील हुने तथा धमिलो देखिने जस्तो समस्या हुन सक्छ । अति विरलै हुने भए पनि कसै कसैमा लिङ्गको उत्तेजना भए पनि पुरानै अवस्थामा नफर्किएर उत्तेजित अवस्थामै रहने हुनसक्छ । यदि चार घण्टासम्म पनि यस्तो भए तुरुन्तै चिकित्सकको मद्दत लिनुपर्ने हुन्छ अन्यथा लिङ्गमा स्थायी रूपमै खराबी देखा पर्न सक्छ ।

महिलामा भियाग्राको प्रयोग

औषधी बनाउने कम्पनीहरूकै संलग्नतामा गरिएको एक अध्ययनले केही सकारात्मक कुरा देखाएका छन्, तर त्यसको निष्पक्षतामा स्वभाविक रूपमै प्रश्न उठ्ने भयो, त्यसैले अहिले ती अध्ययनले देखाएका सबै कुरामा विश्वास गरिहाल्नुपर्ने स्थिति छैन । यौनसम्पर्क गर्दा वा चलाएर उत्तेजित पार्दा योनि, भगोष्ठ तथा भगाङ्कुरको संवेदनशीलतमा कुनै परिवर्तन आउँछ कि आउँदैन भन्ने कुरा केही अध्ययनमा हेरिएको थियो । यौन उत्तेजनामा समस्या हुने कतिपय महिलामा यसले फाइदा पुगेको पाइयो । महिलाको भगाङ्कुर लगायत यौनाङ्गमा बढी रगत भरिने र तुलनात्मक रुपमा सजिलै चरमसुख पाएको कुरा अध्ययनहरूले बताउँछन् । यौनेच्छा नै कम (Hypoactive Sexual Desire Disorder) भएका महिलामा त्यसको एकदम कम प्रभाव परेको देखियो । भावनात्मक वा मनोवैज्ञानिक कारणले यौन समस्यामा परेका महिलाहरूलाई यसबाट कमै फाइदा पुग्ने देखिन्छ । अर्को कुरा, Sildenafil citrate औषधीको अल्पकालीन वा दीर्घकालीन प्रभावका बारेमा महिलामा पुरुषको तुलनामा एकदमै कम अध्ययन भएकाले यसै भन्न सकिने स्थिति छैन ।

महिला भियाग्राको कुरा

बोलिचालीमा वा भनौं सञ्चारमाध्यममा महिला भियाग्रा भनिए पनि यो भियाग्रा भन्दा फरक किसिमको औषधी हो । प्रयोगका लागि सन् २०१५ अनुमति पाएको यो औषधीमा मुख्यतःflibanserin हुन्छ । यो अमेरिकामा Addyi व्यापारिक नाममा उपलब्ध छ ।

यो औषधी विशेष गरेर महिलामा जथउय(hypo-active sexual desire disorder]को उपचारमा प्रयोग गरिन्छ । भियाग्राको प्रभाव लिङ्गमा रगत भरिने किसिमको हुन्छ भने flibanserin को प्रभाव मानसिक । यो औषधीको प्रयोग गर्ने महिलाहरूले यौनेच्छा तथा यौन सुखमा वृद्धि भएको कुरा उल्लेख गरेका छन् तर यो औषधीको प्रयोगका कारणले नै यौन कार्यसम्पादनमा सुधार आएको भने देखिएको छैन । निराशा कम गर्ने औषधी खाइरहेका महिलामा यसको प्रभाव अरूको तुलनामा बढी परेको पाइन्छ । यसका पनि कतिपय नकारात्मक असर हुन्छन्, जस्तै : रिँगटा लाग्नु, झुम्म पर्नु, वाक्वाकी लाग्नु, थकाइ लाग्नु, निद्रा नलाग्नु, मुख सुक्नु, रक्त चाप कम हुनु, बेहोस हुनु आदि ।

भियाग्रा बारे राेचक १० तथ्य

१-यदि तपाई घरमा विरुवा लगाउन चाहनु हुन्छ भने आफ्नो घरमा रहेको विरुवाको माटोमा भियाग्रा मिलाएर हेर्नुहोस, यसले विरुवा मर्नबाट बचाउन मद्दत मिल्छ ।

२-यदि कुनै पनि युवतीलाई महिनावारीको अवधिमा पेट दुख्ने समस्या रहेमा भियाग्राको प्रयोग गर्नाले त्यस दुखाईलाई निको पार्न सकिन्छ । तर ध्यान राख्नुहोस् कि यसको बढी प्रयोग गर्नु हुँदैन ।
३-तपाई यो जानेर अचम्म पर्न सक्नुहुन्छ कि ब्रिटेनमा भियाग्राबाट बनेको आईस्क्रीम पनि मिल्छ । जसमा करिब २५ ग्राम भियाग्राको मात्रा हुन्छ तर अझै यो नेपालमा आएको छैन ।

४-यस्ता थुप्रै देश छन् जहाँका मानिस भियाग्राको साटो एक Revatio नामक औषधि उपयोग गर्छन । यो औषधि भियाग्रा जस्तै हुन्छ ।

५-भियाग्राको सेवन पश्चात लगभग आधा घण्टा अघि वा पछि कुनै खाना खानु हुँदैन, यसो गर्दा तपाई बिरामी पर्न सक्नुहुन्छ ।

६-भियाग्रा एक यस्तो ड्राग हो, जो दुनियामा सबैभन्दा बढी बिक्री हुन्छ । यस औषधिलाई मानिसहरूले सबैभन्दा बढी अनलाइन मार्फत खरिद गर्दछन् । तर यसलाई अनलाइन खरिद गर्नुको सबैभन्दा बढी रिस्क यो हुन्छ कि यदि यो नक्कली आएमा यसको नकारात्मक परिणाम पनि तपाईले झेल्नु पर्ने हुन्छ ।

७-भियाग्रा नवजात बच्चालाई दिँदा उपयोगी हुन्छ । यदि जो बच्चा निश्चित समय भन्दा पहिले जन्मिन्छ भने उनीहरूको विकासको लागि यो औषधि संजीविनी हो ।

८-भियाग्राको सेवनले पेटको बोसो पनि कम हुनसक्छ ।

९-भियाग्राको सेवन अत्यन्त कम गर्नुपर्दछ किनभने यसले तपाईको प्राकृतिक शक्तिलाई कम गर्न सक्छ ।

१०-मानिसको धारणा छ कि भियाग्राको सेवनले सेक्स लाइफलाई सुखमय बनाउँछ तर यसो होइन । यसले केवल यौन कार्यमा थोरै बढी समय बढाउँछ । तपाई सोच्नुहुन्छ होला कि यसको सेवनले हामी ४ देखि ८ घण्टासम्म यौन कार्य गर्न सक्छौँ तर तपाई गलत सोच्दै हुनुहुन्छ ।

२८ जेठ २०७९, शनिवार २१:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु