नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशतमा सीमित

4.54K
shares

काठमाडौं। चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशतमा सीमित हुने एसियाली विकास बैंकको अनुमान छ। एडिबीले मंगलबार एसियन डेभलपमेन्ट आउटलुक सार्वजनिक गरेको छ। जसमा सन् २०२३ मा ४.१ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान छ।

यसअघि सेप्टेम्बरमा सार्वजनिक गरिएको प्रतिवेदनअनुसार यस आर्थिक वर्षमा ४।७ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरिएको थियो। आगामी आर्थिक वर्षमा पाँच प्रतिशतको आर्थिक वृद्धि हुने एडिबीको प्रक्षेपण छ।

कसिलो मौद्रिक नीति, आन्तरिक मागमा संकुचन, कोभिडको समयमा दिइएको स्टिमुलस कार्यक्रम फिर्ता गरिएको कारणले पहिलो त्रैमासमा आर्थिक वृद्धि ०।८ प्रतिशत मात्रै कायम भएको प्रतिवेदनमा उल्लेख छ।

अर्थतन्त्रका प्रमुख क्षेत्रहरू निर्माण र उत्पादन खुम्चिएका छन् । चालू आर्थिक वर्षको मौद्रिक नीतिले माग घटाउन, मूल्यवृद्धि नियन्त्रण र आयात घटाउन कर्जा विस्तारमा कडाइ गरेकाले पनि आर्थिक गतिविधि खस्किएको एडिबीले उल्लेख गरेको छ । केन्द्रीय बैंकले बैंकदर एक सय ५० आधार विन्दुले बढाएर ८‍‍.५ प्रतिशत पुर्‍याएको र नीतिगत दरलाई सात प्रतिशत बनाएको छ।

यसले बजारको ब्याजदरलाई समेत बढाउन बल पुगेको एडिबीको निष्कर्ष छ। आगामी आर्थिक वर्षमा आर्थिक वृद्धिदर पाँच प्रतिशत पुग्ने एडिबीको प्रक्षेपण छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083