एसीसी यु-१६ क्रिकेट इस्ट जोन कपमा नेपालले विजयी सुरुवात

1.11K
shares

काठमाडौं। एसीसी यु-१६ क्रिकेट इस्ट जोन कपमा नेपालले विजयी सुरुवात गरेको छ । आइतबार भएको प्रतिगोगिताको पहिलो खेलमा सिंगापुरलाई ६ विकेटले पराजित गर्दै नेपालले विजयी सुरुवात गरेको हो ।

सिंगापुरले दिएको १३९ रनको लक्ष्य नेपालले ३३.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालका लागि प्रसिद्ध जैसीले ९७ बलमा अविजित ५५ रन बनाए । रौनक श्रीवास्तवले ४४ बलमा ४० रन बनाए । सुमन खनाल अविजित रहँदै १६ बलमा ९ रन बनाए । नेपालका ओपनर सुर्यांशु कोइराला भने ९ रन बनाएको अवस्थामा रिटायर्ड हर्ट भएका थिए । सिंगापुरका लागि आकाश तेजाले ३ विकेट लिँदा युवान पाण्डेले १ विकेट लिए ।

त्यसअघि मलेसियाको युकेएम ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको सिंगापुरले ३६ दशमलब एक ओभरमा सबै विकेट गुमाउँदै १३८ रनको योगफल बनाएको थियो । सिंगापुरका लागि कप्तान रियन नायकले सर्वाधिक ५३ रनको योगदान दिए ।

त्यसैगरी, ओपनर आहान भुधानभामले ३८ रन जोडे भने अर्का ओपनर रोशन अरुनले ११ बनाउँदै आउट भए । सिंगापुलाई १३८ रनमा समेटने क्रममा नेपालका कप्तान विपिन शर्माले चार विकेट लिए । त्यसैगरी सचिन भट्टले तीन तथा शुभम खनाल र अभय यादवले समान एक–एक विकेट लिए ।

एसियाली क्रिकेट परिषद् एसीसी को वार्षिक कार्यतालिका अनुसार सञ्चालन भएको उक्त प्रतियोगितामा विभिन्न १० टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा नेपाल समूह ‘ए’मा रहेको छ । नेपालको समूहमा सिंगापुर, इण्डोनेसिया, भुटान र जापान छन् । त्यस्तै समूह ‘बी’मा आयोजक मलेसियासहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार रहेका छन् ।


Mitsubishi Long Ad