घरदैलो अभियानमा डा. थापा: जनताको मन जित्दै- भरोसा बटुल्दै !

4.71K
shares

रुपन्देही। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुपन्देही निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधि सभाका उम्मेदवार डा. लेखजंग थापाले बुटवल उपमहानगरपालिकाका विभिन्न वडाहरूमा आफ्नो घरदैलो कार्यक्रम सम्पन्न गर्नु भएको छ। फागुन १० गते आइतबारका दिन बिहान ८ बजे बुटवल–१४ को कैलाश नगर टोलबाट सुरु भएको उक्त कार्यक्रम वडा नं. १४, १५ र १६ का विभिन्न टोलहरूमा पुगेर सम्पन्न भएको थियो।

“आशा, भरोसा र विश्वास परिवर्तनको“ भन्ने नाराका साथ मतदाताको घरदैलोमा पुग्नुभएका थापाले स्थानीयबासीसँग प्रत्यक्ष संवाद गर्दै आगामी फागुन २१ गते हुने मतदानमा ’घण्टी’ चुनाव चिन्हमा मतदान गरी आफूलाई विजयी गराउन अपिल गर्नु भयो।

घरदैलोका क्रममा मतदाताहरूलाई सम्बोधन गर्दै डा. थापाले रास्वपाको बाचापत्र केवल चुनावी नारा मात्र नभई रुपान्तरणको मार्गचित्र भएको बताउनुभयो। उहाँले जिल्ला अस्पतालको स्तरोन्नति, प्रत्येक वडामा आधारभूत स्वास्थ्य सेवाको सुनिश्चितता र सरकारी विद्यालयको गुणस्तर सुधार गरी विपन्न वर्गका बालबालिकाको पहुँच पु¥याउने प्रतिबद्धता व्यक्त गर्नु भयो।

उहाँले भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाउँदै सरकारी कार्यालयमा हुने ढिलासुस्ती अन्त्य गर्ने र सेवाहरूलाई अनलाइन प्रणालीमा लैजाने बाचा गर्नुभयो। कृषि क्षेत्रको सुधारका लागि वैज्ञानिक नीति, शीत भण्डारको निर्माण र ’एक वडा एक उत्पादन’ नीतिलाई प्राथमिकता दिइने उहाँको भनाइ थियो। कार्यक्रममा वडा नं. १४ का १५ वटा टोल, वडा नं. १५ का १३ वटा टोल र वडा नं. १६ का विभिन्न क्षेत्रहरू समेटिएका थिए ।

फोटोफिचर:


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083