खाडी युद्धको असर: काठमाडौंबाट १६ अन्तर्राष्ट्रिय उडान रद्द

2.17K
shares

१९ फागुन, काठमाडौं। अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमण तथा त्यसपछि इरानको जवाफी कारबाहीका कारण नेपालको अन्तर्राष्ट्रिय हवाई उडानमा प्रत्यक्ष असर परेको छ। खाडी क्षेत्रमा बढ्दो तनावका कारण सोमबार काठमाडौंबाट हुने १६ अन्तर्राष्ट्रिय उडान रद्द भएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार कतार, संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत, इरान, इराक, इजरायल, जोर्डन, लेबनान र बहराइनको हवाई क्षेत्र अस्थायी रूपमा बन्द भएपछि उडानहरू प्रभावित भएका हुन्।

रद्द गरिएका उडानमा जजिरा एयरवेज, कुवेत एयरवेज, एयर अरेबिया, फ्लाइ दुबई, नेपाल एयरलाइन्स, कतार एयरवेज र हिमालय एयरलाइन्सका उडान समावेश छन्।

सोमबार मात्रै जजिरा एयरवेजको कुवेत–काठमाडौं–कुवेत र कुवेत एयरवेजको कुवेत–काठमाडौं–कुवेत उडान रद्द भएको विमानस्थल कार्यालयले जनाएको छ। दुबई, दोहा र सारजहाँलगायत खाडी क्षेत्रका प्रमुख विमानस्थलहरूमा पनि नियमित यात्रु उडान प्रभावित भएका छन्।

विमानस्थल प्रशासनले यात्रु व्यवस्थापनलाई सहज र प्रभावकारी बनाउन सम्बन्धित एयरलाइन्स तथा निकायसँग नजिकबाट समन्वय गरिरहेको जनाएको छ। यात्रुहरूलाई आफ्नो उडानसम्बन्धी जानकारीका लागि सम्बन्धित एयरलाइन्ससँग सम्पर्कमा रहन आग्रह गरिएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083