त्रिभुवन विमानस्थलबाट पुन : काँचो सुन तस्करी, आधा केजीभन्दा बढी बरामद
वि.सं.२०७५ पुस ३ मंगलवार १४:३३
4.64K
shares
shares

काठमाडौँ । ३३ केजी सुन बेपत्ता र सनम शाक्य हत्यापछि हवाई मार्ग भएर हुने काँचो सुनको तस्करी रोकिएपनि पछिल्लो समय यो पुनः सुचारु भएको छ । त्रिभुवन विमानस्थल प्रहरीले सोमबार पाँच सय १२ ग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ।
प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियामा चेकजाँच गर्ने क्रममा कतार एयरवेयज त्तच्टद्धड को फ्लाईट हुँदै आएका चितवन, भरतपुर महानगरपालिका २३ बस्ने ३२ बर्षीय अमित घिसिङलाई पक्राउ गरेको हो। उनको साथबाट सुनका ४ थान बिस्कुट र १ थान बाला बरामद गरेको छ।
यसबीच बाला, सिक्री, ब्रासलेट लगायत तयारी सामानका रुपमा सुनको तस्करी हुने गरेको थियो। बेपत्ता भएको भनिएको ३३ केजी सुन भारतको कोलकतामा एक साता अघि बरामद भएको बेपत्ता सुन छानबिन समितीले जनाएको छ।































