फरवार्ड मार्सियल २०२० सम्म म्यान्चेस्टर युनाइटेडमै रहने
वि.सं.२०७५ पुस ३ मंगलवार १४:३१
4.46K
shares
shares

काठमाडौं । फ्रान्सका फरवार्ड एन्थोनी मार्सियल सन् २०२० सम्म इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड मै रहने भएका छन् ।
म्यानचेस्टर युनाइटेड र मार्सियलबीच एक वर्ष सम्झौता थप्ने सहमति भएको हो । सम्झौता नवीकरणसँगै अब मार्सियल थप एक वर्ष म्यान्चेस्टर युनाइटेडबाट खेल्ने भएका हुन् । सन् २०१५ मा मोनाकोबाट युनाइटेड आएका २३ वर्षीय फरवार्ड मार्सियलको यसै सिजनको अन्तिममा सम्झौता सकिने थियो । मार्सियलले यस सिजन युनाइटेडबाट १९ खेल खेल्दा ८ गोल गरेका छन् ।
युनाइटेडले मार्सियलसँग लामो समयसम्मको लागि सम्झौता गर्न चाहेको थियो । तर मार्सियलले भने युनाइटेडसँग थप एक वर्षे नयाँ सम्झौता मात्र गरेका हुन् ।


























