चिकित्सकी छोरी अपहरणकारी महोत्तरीबाट पक्राउ

4.06K
shares

काठमाडौं । राजधानीको थापाथलीस्थित प्रसूतिगृहकी चिकित्सक बबिता साहकी २ वर्षीया छोरी सन्विज्ञाको अपहरणमा संलग्न मनीष गुप्तालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले गुप्तालाई सोमबार महोत्तरीको भिटामोडबाट पक्राउ गरिएको महानगरीय प्रहरी परीसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

पक्राउ परेका साहबारे दिउँसो २ बजे पत्रकार सम्मेलन गरी सार्र्वजनिक गरिने पनि बोगटीले जानकारी दिए । साहले बालिकालाई गत माघ ११ गते बिहान कोटेश्वरको खरिबोट महादेवस्थानबाट अपहरण गरेका थिए ।

प्रहरीले अपहरणमा संलग्न भनिएका आरती गुप्ता र बबलु श्रेष्ठलाई यसअघि नै जनकपुरबाट पक्राउ गरेको थियो ।शाहकी अपहृत दुई वर्षीया छोरीको करीब आठ घण्टापछि सकुशल उद्धार गरिएको थियो । अपहरणकारी गुप्ता भने फरार रहँदै आएका थिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083