राष्ट्रिय क्रिकेट खेलाडीलाई जनही ५ लाख दिने सरकारको निर्णय

4.76K
shares

काठमाडौँ । सरकारले नेपाली राष्ट्रिय क्रिकेट खेलाडीलाई जनही ५ लाख दिने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले युएईविरुद्धको टि–२० र एक दिवसीय सिरिज जितेर आएका खेलाडीलाई जनही ५ लाख रुपैयाँ दिएर सम्मान गर्ने निर्णय गरेको हो ।

मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै युवा तथा खेलकूद मन्त्री जगतबहादुर विश्वकर्माले खेलाडीलाई खेल्ने उचित वातावरण, पूर्वाधार र पारिश्रमिकका लागि सरकार प्रतिवद्ध रहेको स्पष्ट पारे । उनले खेलेर भविष्य सुनिश्चित गर्न सक्ने अवस्थामा क्रिकेट खेलाडीलाई पुर्‍याउने प्रतिवद्धतासमेत व्यक्त गरे ।

यसअघि हिजो नेपाल फर्किएको क्रिकेट टोलीलाई स्वागत गर्न बिमानस्थल पुगेका राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले सबै खेलाडीलाई जनहरी ५–५ लाख पुरस्कार दिन सरकारलाई सिफारिस गरेको जानकारी गराएका थिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083