दिलीप हत्या प्रकरण : टिपरले किच्नुअघि नै कोखामा छेडेर हत्या

Nepal Life Insurance Long Ad

काठमाडौं । मिथिला नगरपालिका-५ श्रीपुरका २४ वर्षीय दिलीपकुमार महतोलाई टिपरले किच्नुअघि नै हत्या गरिएको आशंका प्रहरीले सार्वजनिक गरेको छ । प्रारम्भिक अनुसन्धानमा महतोलाई टिपरले किच्नुअघि छातीमा गहिरो चोट लगाएको देखिएको छ ।

धनुषा प्रहरीले शनिबार साँझ पत्रकार सम्मेलन गरी महतोलाई ना७ख ६४१३ नम्बरको टिपरले किच्नुअघि कोखामा घोचेको घाउ फेला परेको जनाएको हो । प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतका अनुसार महतोको दाहिने छातीको कोखा छेडिएको छ । ‘टिपरको लिभरले छेडेपछि उनलाई सुताएर किचेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ,’ ।

यसकारण महतोको त्यसैबेला मृत्यु भइसकेको थियो भन्ने आशंका बलियो बन्दै गएको बस्नेतले बताए। ‘पोस्टमार्टम रिपोर्ट आइसकेपछि यसबारे पूर्णरूपमा बताउन सकिन्छ,’ उनले भने । पत्रकार सम्मलेन गर्दै प्रहरीले हत्यामा संलग्न आरोपमा पक्राउ परेका धनुषाका मिथिला नगरपालिका-५ का २७ वर्षीय क्रसर सञ्चालक विपीनकुमार महतो, वडा नम्बर-९ का ३४ वर्षीय टिपर चालक मुनिन्द्र महतो, महोत्तरी बर्दिवास नगरपालिका वडा नम्बर-२ का लोडर चालक जितेन्द्रकुमार महतो र मिथिला वडा नम्बर ५ का रोशन यादवलाई सार्वजनिक गरेको छ ।

बस्नेतका अनुसार पक्राउ परेकाले महतोलाई खोलामा सुताएर टिपरले किच्नुअघि घाइते बनाएको स्वीकार गरेका छन् । ‘उनीहरूले सुरूमा कोखामा घोचेको स्वीकार गरिसकेका छन्,’ उनले भने । औरही खोलाको बगरमा टिपरले बालुवा गिट्टी चोरी गरी लागिरहेका बेला महतोले पटक-पटक रोक्न खोजेका थिए । सोही विषयमा शुक्रबार महतोको हत्या गरिएको थियो । पक्राउ परेकालाई कर्तव्य ज्यानमुद्दामा अनुसन्धान थालिएको छ ।


स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

२०८२ जेठ ३० शुक्रवार

काठमाडौ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) बानेश्वर बहुमुखी क्याम्पसले सरसफाई...

कोशी प्रदेश प्रहरी कार्यालय प्रमुख डीआईजी ईश्वर कार्कीद्वारा प्रहरी कार्यालय इलामको निरीक्षण

कोशी प्रदेश प्रहरी कार्यालय प्रमुख डीआईजी ईश्वर कार्कीद्वारा प्रहरी कार्यालय इलामको निरीक्षण

२०८२ जेठ २९ बिहीवार

 ईलाम। कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरका प्रमुख  प्रहरी नायब महानिरीक्षक (डीआईजी)...

प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीद्वारा उद्वार अनुशिक्षण तालिमकाे समुद्वघाटन

प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीद्वारा उद्वार अनुशिक्षण तालिमकाे समुद्वघाटन

२०८२ जेठ २८ बुधवार

काठमाडौ । नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालयका प्रहरी उपरीक्षक भुवनेश्वर...

प्रहरी बरिष्ठ उपरीक्षक नवराज अधिकारीद्वारा निरीक्षण कार्यक्रम सम्पन्न

प्रहरी बरिष्ठ उपरीक्षक नवराज अधिकारीद्वारा निरीक्षण कार्यक्रम सम्पन्न

२०८२ जेठ २८ बुधवार

काठमाडौ ।  काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी बरिष्ठ...

प्रहरी प्रभाग कोटेश्वरको आयोजनामा विपद्का घटना उद्रार कार्यक्रमकाे बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्रहरी प्रभाग कोटेश्वरको आयोजनामा विपद्का घटना उद्रार कार्यक्रमकाे बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

२०८२ जेठ २६ सोमवार

काठमाडौ । विपद् लगायत विपद्का घटनाको उद्रार एबं व्यवस्थापन कार्यक्रमको...

उपत्यका ट्राफिक प्रहरी कार्यालयकाे नयाँ कामकाे पहल  : रिफ्रेसमेन्टका लागि पदयात्रा कार्यक्रम सम्पन्न

उपत्यका ट्राफिक प्रहरी कार्यालयकाे नयाँ कामकाे पहल : रिफ्रेसमेन्टका लागि पदयात्रा कार्यक्रम सम्पन्न

२०८२ जेठ २५ आइतवार

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक प्रहरी कर्मचारीहरूको...