कर्णालीमा १ हजार सवारी साधन कारवाहीमा
वि.सं.२०७७ साउन ५ सोमवार २२:४१
shares

सुर्खेत । गत चैत ११ गते नेपाल सरकारले गरेको बन्दाबन्दी अवधिमा सुर्खेतमा एक हजार ६३ सवारी साधन कारवाहीमा परेका छन् ।
बन्दाबन्दी अवधिभर कारवाहीमा परेका सवारी साधनमा ८०६ मोटरसाइकल, ३४ स्कुटर, २२ जीप भ्यान, १६ ट्रयाक्टर, १७२ अटो र १३ ट्रक रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी रामप्रसाद घर्ती मगरले जानकारी दिनुभयो ।
कारवाहीमा परेका सवारी साधनबाट रु छ लाख ६२ हजार राजश्व संकलन भएको बताइएको छ ।त्यसैगरी सो अवधिमा बन्दाबन्दी उल्लङ्घन गर्ने व्यक्तिलाई पनि प्रहरीले कारवाही गरेको छ ।
प्रहरीले ३२२ महिला र ६२४ पुरुष गरी ९४६ व्यक्तिलाई कारवाही गरेको हो ।
प्रनाउ मगरका अनुसार सरकारले लागु गरेको नियम विपरीत मास्क नलगाउने र हिँड्डुल गर्नेलाई कारवाही गर्दा रु २४ हजार राजश्व संकलन भएको छ ।
गत असार २४ यता हिँड्डुल गर्दा मास्क अनिवार्य गरेको प्रहरीले सो अवधिमा नागरिकलाई कोरोना सङ्क्रमणबारे सचेतनासमेत गराएको
















