सुदूरपश्चिमका चार ठाउँमा बम फेला

9.04K
shares

कैलालीमा बिहानै शंकास्पद बस्तु भेटिएको छ । विभिन्न ४ स्थानमा यस्तो बस्तु भेटिएको बताइएको छ ।

सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय जाने बाटोमा शंकास्पद वस्तु फेला परेको छ।

त्यस्तै, सामाजिक विकास मन्त्रालय र अमित मेडिसिन डिष्ट्रीब्युटर्सको अगाडि समेत शंकास्पद वस्तु राखिएको छ।

धनगढीस्थित मुख्य सडक नजिकै रहेका दुवै मन्त्रालय र अमित मेडिसिन साथै वडा प्रहरी कार्यालय नजिकै रहेको सामाजिक विकास मन्त्रालयको गेट नजिकै कुकर बम जस्तै देखिने वस्तु फेला परेको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बम जस्तै देखिने शंकास्पद वस्तु फेला परेको बताए।

उनले उक्त वस्तु डिस्पोजका लागि नेपाली सेनाको टोली स्थानमा पुगिरहेको बताए।

आफ्ना नेता तथा कार्यकर्तालाई झुठो मुद्दा लगाएर पक्राउ गरेको भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आज सेति-महाकाली बन्दको आह्वान गरेको थियो।


divya collage
unigloble collage