नक्कली नोट कारोबारी इल्ताफ हुसेन अन्सारी पक्राउ
वि.सं.२०७७ साउन २९ बिहीवार ११:४०
5.69K
shares
shares

प्रहरीले नक्कली नोट कारोबारी इल्ताफ हुसेन अन्सारीलाई बाराबाट पक्राउ गरेको छ ।
१५ किलो सुनचाँदी प्रकरणमासमेत मुछिएका अन्सारीलाई बाराको निजगढबाट पक्राउ गरिएको प्रदेश नम्बर २ का प्रहरीले पुष्टि गरेको छ ।
अन्सारीलाई आज बिहान निजगढबाट जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले पक्राउ गरेको हो ।
बारा घर भएका इल्ताफ भारतीय जाली नोट कारोबारीका नाइके पनि हुन् ।
जिल्ला अदालत ललितपुरले ०६७ जेठ २६ मा ईल्ताफलाई ३ बर्ष कैद र २ करोड ६१ लाख जरिवाना हुने फैसला गरेको थियो ।































